१२ असार २०८३, शुक्रबार
,
Latest
मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल साहित्य मन्दिरलाई रु एक लाख सहयोग



अ+ अ-

मध्यपुरथिमि । भक्तपुरमा नेपाल भाषाको साहित्यको विकास गर्ने उद्देश्यले स्थापना भएको नेपाल साहित्य मन्दिरलाई रु एक लाख १११ सहयोग प्रदान गरिएको छ ।

भक्तपुरको दूधपाटीमा सञ्चालित ‘दि टिसा इन’ ले होटल व्यवसायबाट आर्जन गरेको मुनाफाको १० प्रतिशत रकम नेपाल भाषा साहित्य तथा नेपाली साहित्यको संरक्षण संर्वद्धनका लागि प्रदान गर्ने घोषणाअनुसार आज उक्त रकम प्रदान गरिएको टिसा इनका सञ्चालक प्रशान्त कायस्थले बताउनुभयो ।

भक्तपुरमा नै हालसम्म जीवित रहेको भक्तपुरको सबैभन्दा पुरानो संस्था नेपाल साहित्य मन्दिरलाई जीवन्त राख्न उक्त सहयोग गरिएको उहाँको भनाइ थियो ।

कायस्थले नेपाल साहित्य मन्दिरका कोषाध्यक्ष शान्ता याँचालाई उक्त रकम हस्तान्तरण गर्नुभयो । नेपाल साहित्य मन्दिरका अध्यक्ष तिलक प्रकाश कायस्थले सहयोग प्रति खुशी व्यक्त गर्नुभयो ।