१२ असार २०८३, शुक्रबार
,
Latest
मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र…
तपाईं के खोज्दै हुनुहुन्छ ?

आधुनिक बधशाला निर्माण



अ+ अ-

तनहुँ । व्यास नगरपालिका–३ बिसघरेस्थित बुल्दीखोला किनारमा जिल्लामै पहिलो आधुनिक र व्यवस्थित बधशाला निर्माण भएको छ । उपभोक्तालाई सफासुग्घर र स्वच्छ मासु उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले रु २२ लाख खर्चेर बधशाला निर्माण गरेको हो ।

एक रोपनी सार्वजनिक ठाउँमा कुखुरा, भैँसी, राँगो र खसी बोकाको लागि छुट्टाछुट्टै पशु बधस्थलको व्यवस्था मिलाइएको नगरपालिका–३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठले जानकारी दिनुभयो । जथाभावी पशु काटिँदा वातावरण दुर्गन्धित हुनुका साथै उपभोक्ताले स्वच्छ मासु खानाबाट वञ्चित हुँदै आएकोले त्यसलाई न्यूनीकरण गर्न बधशाला निर्माण गरिएको हो । उहाँले भन्नुभयो । “बिजुली विस्तारपश्चात बधशालासम्म जाने बाटोको लागि प्रक्रिया अघि बढाइएको छ ।”

गत कात्तिक मसान्तभित्र सबै कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी भए पनि बधशालासम्म पुग्ने बाटो निर्माण नहुँदा पुस महिनादेखि सञ्चालनमा ल्याउन लागिएको हो । उपभोक्ता समितिले उक्त मार्ग निर्माणमा ढिलाइ गरेमा बोलपत्र प्रक्रियामा जानुपर्ने भएकाले लक्षित समयभन्दा करिब दुई महिना ढिलाइ हुने भएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

बधशाला सञ्चालनमा ल्याउनु अघि मासु व्यवसायी सङ्घ, तनहुँ उद्योग वाणिज्य सङ्घ, उपभोक्ता समितिलगायतका निकायबीच छलफल गरिने योजना छ । बधशालामा पशुबध गरिएको मासु मात्रै बिक्री गरिनेछ । वडासदस्य रविन पौडेलले भन्नुभयो, “सफा, सुग्घर स्वच्छ मासु भए नभएको अनुगमन तथा निरीक्षण कार्यलाई कडाइका साथ लागू गरिने छ ।”

बधशाला नहुँदा मासु व्यवसायीले अस्वस्थ प्रतिस्पर्धाका साथै जथाभावी काटमार गरेर अव्यवस्थित ९खुला० तरिकाले मासु ओसारपसार गर्दै आएकाले त्यसलाई समेत मध्यनजर गरी व्यवस्थित गरिन लागिएको नगरपालिकाले जनाएको छ । व्यवस्थित तरिकाले बधशाला निर्माण गरिएको तनहुँमा यो पहिलो भएको नगरपालिकाले जनाएको छ ।