१२ असार २०८३, शुक्रबार
,
Latest
मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब प्रहरीले सर्वसाधरणलाई दाउरा दिने



अ+ अ-

विदुर । केही दिनयता बढिरहेको चिसोका कारण सर्वसाधरणको जनजीवन प्रभावित हुन थालेपछि प्रहरीले आज विदुरमा दाउरा वितरण गरेको छ ।

चिसोको प्रभाव बढेपछि प्रहरीले आज विदुर, बट्टार, ढुङ्घे र त्रिशूलीसहितका क्षेत्रमा वृद्धवृद्धा तथा ज्येष्ठ नागरिक र साना नानीका लागि आगो ताप्न दाउरा वितरण गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो ।

नायब उपरीक्षक थापाका अनुसार जाडोका कारण बिहान शीतलहर हुने, चिसो हावा चल्ने, कुहिरोले ढाकेपछि घाम लाग्न कुहिरो र हुस्सुले छेक्ने भएकाले मानिसका हातखुट्टा चिसोले गर्दा कठ्याङ्ग्रिने भएकाले आज हामीले विभिन्न ठाउँमा दाउरा वितरण गरिएको छ ।