१२ असार २०८३, शुक्रबार
,
Latest
मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र…
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षाको प्रत्याभूति गराउन तीनै तहका सरकार सक्रिय हुनुपर्छ : शिक्षामन्त्री पोखरेल



अ+ अ-

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गुणस्तरिय शिक्षाको प्रत्याभूति गराउन तीनै तहका सरकार सक्रिय हुनुपर्ने बताउनुभएको छ ।

संघीयतामा शिक्षा स्थानीय तहका राम्रा अभ्यास, अवशर र चुनौती विषयक अन्तरक्रियामा शिक्षामन्त्री पोखरेलले यस्तो बताउनुभएको हो । विद्यालय शिक्षाको स्वामित्व स्थानीय सरकारलाई दिएर प्रदेश र संघीय सरकारले सहयोग गरेपछि मात्रै गुणस्तरिय शिक्षाको प्रत्याभूति गराउन सकिने उहाँले बताउनुभयो । मन्त्री पोखरेलले शिक्षकहरुको न्यूनतम प्रबन्ध नगरी गुणस्तरिय शिक्षाको प्रत्याभूति गराउन नसकिने बताउनुभयो ।

कीर्तिपूर नगरपालिकाका मेयर रमेश महर्जनले स्थानीय तहले हस्तक्षेप गरी विद्यालय व्यवस्थापन समिति गठन गरेपछि कुनै विकृति आएको भए त्यसको जिम्मेवारी आफुले लिने बताउनुभयो ।

शिक्षाविद विद्यानाथ कोइरालाले प्रदेश सरकारले स्थानीय तहलाई अधिनस्त राख्न खोजेका कारण गुणस्तरिय शिक्षाको प्रत्याभूत गर्न नसकिएको बताउनुभएको छ । स्थानीय सरकार स्वयत्त सरकार हो भन्ने कुरा प्रदेश र संघले नबुझेसम्म यो समस्याको समाधान नहुने उहाँले बताउनुभयो ।

शिक्षा पत्रकार समूहले कार्यक्रम आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको हो ।