१२ असार २०८३, शुक्रबार
,
Latest
यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा घाम, तराईमा बाक्लो हुस्सु र कुहिरो



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकासहित क्षेत्रमा बिहानदेखि घाम लागे पनि तराईका क्षेत्रमा भने बाक्लो हुस्सु र कुहिरो लागेको छ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि स्थानीय वायुको प्रभावले पश्चिमका पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् । मंगलबार दिनभर देशका पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था रहने छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा हुनेछ । राति मध्य र पूर्वमा आंशिक बदली तथा बाँकी क्षेत्रमा सामान्यतया मौसम सफा रहने जनाइएको छ ।