२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पदमार्गमा आधारित पर्यटन विकासले प्रदेशको समृद्धिमा महत्वपूर्ण योगदान : मुख्यमन्त्री कार्की



फाइल फोटो
अ+ अ-

मोरङ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले ‘पदमार्गमा आधारित पर्यटन विकास परियोजना’ले प्रदेशको समृद्धिमा महत्वपूर्ण योगदान पु-याउने बताउनुभएको छ ।

कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सो परियोजनाको तेस्रो परियोजना निर्देशक समितिको बैठकमा आज उहाँले यो परियोजनाले प्रदेशको पर्यटन प्रवर्द्धन र आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको हो ।

नेपाल र स्वीट्जरल्यान्ड सरकारबीच भएको द्विपक्षीय सम्झौताअनुसार कार्यान्वयनमा आएको यो परियोजना प्रदेशका आठ जिल्लाका २९ स्थानीय तहमा सञ्चालनमा छन् । हेल्भेटास नेपालको प्राविधिक सहयोगमा कार्यान्वयन भइरहेको यस परियोजनाले स्थानीय तहसँगको सहकार्यमा काम गरिरहेको छ । परियोजनाको मुख्य उद्देश्य स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण गर्दै दिगो पर्यटनमार्फत स्थानीयको आयआर्जन वृद्धि गर्नु हो । दुई अर्ब ४५ करोड रुपैयाँ लागतको यो परियोजना आगामी २०८५ साउनसम्म सञ्चालन हुने जनाइएको छ ।

परियोजनाअन्तर्गत चियाबारी, फाल्गुनन्द, लालीगुराँस र मुन्दुम गरी चार प्रमुख पदमार्ग विकासमा सहयोग पु¥याइएको छ । करिब ४०० किलोमिटर पदमार्ग निर्माण गर्ने लक्ष्य राखिएकामा हालसम्म ४५५ किलोमिटर सर्वेक्षण सम्पन्न भइसकेको परियोजनाले जनाएको छ ।

गत वर्ष २० किलोमिटर निर्माण सम्पन्न भएकामा यस वर्ष १३२ किलोमिटर निर्माण भइरहेको र आगामी वर्ष २३४ किलोमिटर निर्माण गर्ने योजना अघि सारिएको छ । परियोजनाले हालसम्म ३३ हजार दिन बराबरको रोजगारी सिर्जना गरिसकेको छ भने अन्त्यसम्म एक लाख बढी स्थानीय लाभान्वित हुने लक्ष्य लिएको छ ।

मुन्दुम क्षेत्रमा स्थानीय खानाको अध्ययन, वास्तुकला अभिलेखीकरण, तथा टेम्कैमैयुङ गाउँपालिकामा समुदायमा आधारित पर्यटन नीति निर्माणजस्ता पहलहरू अघि बढाइएका छन् । बैठकले चालु तथा आगामी आवको कार्ययोजना पारित गर्नुका साथै पर्यटक सुरक्षाका लागि पर्यटक प्रहरी भर्ना गर्ने, पदमार्ग मापदण्ड तयार गर्ने तथा प्रदेशको पर्यटन ब्रान्डिङ सुदृढ गर्ने निर्णय गरेको छ ।

बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री कार्कीसँगै पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली र नेपालका लागि स्वीस राजदूत डा डानियेल म्युवली लगायतको उपस्थिति रहेको थियो । रासस




भर्खरै