७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाङटाङमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन, ५ जना सवार



अ+ अ-

काठमाडाैँ । रसुवाको लाङटाङ क्षेत्रमा उडानमा रहेको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। उक्त हेलिकप्टरमा पाइलटसहित ५ जना सवार रहेको कम्पनीले जनाएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार दिउँसो करिब साढे १ बजेदेखि हेलिकप्टरसँग सम्पर्क टुटेको हो। सम्पर्कविहीन भएपछि खोज तथा उद्धारका लागि सम्बन्धित निकायहरू सक्रिय भएका छन्।

हेलिकप्टरको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्राधिकरणले जनाएको छ।