३ असार २०८३, बुधबार
,
Latest
समावेशी समाज निर्माण र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखी बजेट तर्जुमा गरिएको छः मन्त्री वादी मानव बेचविखन तथा ओसापसार नियन्त्रण ऐन, २०६४ को संशोधन प्रक्रिया शुरु भइसकेको छः मन्त्री बादी भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न कुटनीतिक पहल जारी छः अर्थमन्त्री व्यवसायीका सुझावअनुसार नीति सच्याउन तयार छौँः अर्थमन्त्री डा. वाग्ले सबै जिल्लाका दलित परिवारलाई सामाजिक अन्तरघुलन गराउने प्रयास गर्छौंः मन्त्री पौडेल असार तेस्रो हप्तादेखि सुकुम्बासीलाई लालपुर्जा वितरण गरिने सहकारी पीडितहरुको लागि वितरण गरिएको बजेट राज्यकोषको होइनः मन्त्री रावल स्वास्थ्य बीमा ऐन संशोधनको तयारी भइरहेको छः स्वास्थ्यमन्त्री मेहता स्वास्थ्य क्षेत्रको सुधार र सुदृढीकरणमा सरकार प्रतिवद्ध छः स्वास्थ्यमन्त्री मेहता सगरमाथा आरोही ट्रान्स महिला निलम पौडेलको गुनासो : ‘स्पोन्सरशिप पाउन ठूलो संघर्ष गर्नुपर्‍यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद



अ+ अ-

रुपन्देही। रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा एकैदिन रु एक करोडको अवैध सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज अवैध रुपमा भन्सार छली चोरी पैठारी गरेको उक्त सामान बरामद गरेको हो ।

बरामद गरिएको सामान र सवारीसाधन आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा तथा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

प्रहरीले बरामद गरेको सामानमा सुन काट्न प्रयोग हुने सामान, पित्तलको पाता, सुन, खरबुजा, केरा, अङ्गुर, हरियो तरकारी, चिनी, मटर दाना, विभिन्न किसिमका किराना सामान, बोइलर कुखुराको मासु, भारतीय नम्बर प्लेटको जिप, मोटरसाइकल, बोइलर कुखुरा, हरियो खुर्सानी, गम्छा, साइकल, धागो, युरिया मललगायत रहेका छन् । रासस




भर्खरै