३ असार २०८३, बुधबार
,
Latest
समावेशी समाज निर्माण र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखी बजेट तर्जुमा गरिएको छः मन्त्री वादी मानव बेचविखन तथा ओसापसार नियन्त्रण ऐन, २०६४ को संशोधन प्रक्रिया शुरु भइसकेको छः मन्त्री बादी भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न कुटनीतिक पहल जारी छः अर्थमन्त्री व्यवसायीका सुझावअनुसार नीति सच्याउन तयार छौँः अर्थमन्त्री डा. वाग्ले सबै जिल्लाका दलित परिवारलाई सामाजिक अन्तरघुलन गराउने प्रयास गर्छौंः मन्त्री पौडेल असार तेस्रो हप्तादेखि सुकुम्बासीलाई लालपुर्जा वितरण गरिने सहकारी पीडितहरुको लागि वितरण गरिएको बजेट राज्यकोषको होइनः मन्त्री रावल स्वास्थ्य बीमा ऐन संशोधनको तयारी भइरहेको छः स्वास्थ्यमन्त्री मेहता स्वास्थ्य क्षेत्रको सुधार र सुदृढीकरणमा सरकार प्रतिवद्ध छः स्वास्थ्यमन्त्री मेहता सगरमाथा आरोही ट्रान्स महिला निलम पौडेलको गुनासो : ‘स्पोन्सरशिप पाउन ठूलो संघर्ष गर्नुपर्‍यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने



फाइल फोटो
अ+ अ-

धनुषा। मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले एसइई परीक्षा विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएकाले यसको सञ्चालनमा कुनै किसिमको लापरबाही हुन नहुने बताउनुभएको छ ।

शिक्षा तथा संस्कृति मन्त्रालय मधेस प्रदेशको आयोजनामा आज जनकपुरधाममा विद्यालय शिक्षा परीक्षा एसइई–२०८२ लाई व्यवस्थित, मर्यादित र निष्पक्ष रूपमा सञ्चालन गर्ने उद्देश्यले आयोजना गरिएको प्रदेशस्तरीय समन्वय बैठकमा मन्त्री तिवारीले परीक्षा शान्त, व्यवस्थित र मर्यादित वातावरणमा सम्पन्न गराउन सबै सम्बन्धित निकायलाई जिम्मेवार र सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो ।

मन्त्री तिवारीले परीक्षालाई थप कडाइका साथ सञ्चालन गरिने स्पष्ट पार्दै परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्ण रूपमा निषेध गरिएको बताउनुभयो । यदि कुनै परीक्षार्थीले मोबाइल साथमा ल्याएको पाइएमा सो मोबाइल जफत गरी नष्ट गरिने उहाँले बताउनुभयो । उहाँले विद्यार्थी तथा अभिभावकलाई लक्षित गर्दै कुनै पनि प्रकारको लापरबाही नगर्न आग्रह गर्दै नियमको पूर्ण पालना गर्न सबैसँग अपिल गर्नुभयो

मन्त्री तिवारीले परीक्षा केन्द्रहरूको सुरक्षा व्यवस्थापन, प्रश्नपत्रको गोपनीयता, नक्कल नियन्त्रण तथा अनुगमनलाई प्रभावकारी बनाउन विशेष जोड दिँदै सम्बन्धित जिल्ला प्रशासन, सुरक्षा निकाय र शिक्षा निकायबीच समन्वय मजबुत बनाउन आग्रह गर्नुभयो ।

बैठकमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक गोविन्द थपलिया, शिक्षा तथा संस्कृति मन्त्रालयका निमित्त प्रदेश सचिव दिलीपकुमार ठाकुर, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बराल, शिक्षा विकास निर्देशनालय मधेस प्रदेशका निमित्त निर्देशक महेन्द्र महतोलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

त्यसैगरी, राष्ट्रिय परीक्षा बोर्ड जनकपुरका प्रमुख दयाराम राई, शिक्षा विकास समन्वय इकाइ धनुषाका प्रमुख चेतकुमार पोखरेल, सप्तरीका प्रमुख शशिकुमार यादव, सिरहाका प्रमुख दीपकराज कलौनी तथा अन्य सम्बन्धित अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो ।

बैठकले एसइई परीक्षा अवधिभर सुरक्षा व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने, परीक्षा केन्द्र वरपर निषेधित क्षेत्र कायम गर्ने, अनुगमन टोली परिचालन गर्ने, नकल नियन्त्रणमा कडाइ अपनाउने र परीक्षासम्बन्धी कुनै समस्या आए तत्काल समाधान गर्ने संयन्त्र सक्रिय राख्नेलगायतका निर्णय गरेको छ । प्रदेशभरका सबै जिल्लामा सम्बन्धित निकायबीच समन्वय गरी परीक्षा निष्पक्ष, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गराउन आवश्यक तयारी तीव्र पारिएको सो मन्त्रालयका उपसचिव उज्ज्वल पोखरेलले बताउनुभयो । रासस




भर्खरै