३ असार २०८३, बुधबार
,
Latest
उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै झलनाथले मागे प्रचण्ड र माधवको राजीनामा-पत्रसहित कुटनीतिक पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग ‘नागरिक चौतारी’: सरकारलाई सिधै सुझाव दिन मिल्ने डिजिटल प्लेटफर्म कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना, अनुसन्धानबीच स्वास्थ्य समस्या देखिएको दाबी



अ+ अ-

काठमाडाैँ । पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्का अस्पताल भर्ना भएका छन्। पक्राउपछि अनुसन्धान प्रक्रियामा रहेका उनलाई आइतबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको हो।

प्रहरीले उनलाई आइतबार नियन्त्रणमा लिएको थियो भने सोही दिन अदालतले सात दिनसम्म थुनामा राखी अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो। तर त्यसपछि स्वास्थ्यमा समस्या देखिएको भन्दै उनलाई अस्पताल लगिएको स्रोतले जनाएको छ।

अस्पताल स्रोतका अनुसार खड्कालाई आज बिहान करिब ३ बजे अस्पताल पुर्‍याइएको हो। हाल उनलाई अस्पतालको १०२९ नम्बर बेडमा राखिएको छ।

पूर्वमन्त्री खड्कालाई जेनजी आन्दोलनका क्रममा भदौ २४ गते उनको निवासमा भेटिएको भनिएको रकमसँग सम्बन्धित अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। गृहमन्त्री सुधन गुरुङले पनि सो विषयमा अनुसन्धान भइरहेको जानकारी दिएका थिए।