३ असार २०८३, बुधबार
,
Latest
राष्ट्रिय सेवा दल तालिम शुभारम्भ गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै झलनाथले मागे प्रचण्ड र माधवको राजीनामा-पत्रसहित कुटनीतिक पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग ‘नागरिक चौतारी’: सरकारलाई सिधै सुझाव दिन मिल्ने डिजिटल प्लेटफर्म कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री डा वाग्लेद्वारा भन्सार विभागको अनुगमन



फाइल फोटो
अ+ अ-

काठमाडौँ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज भन्सार विभागको अनुगमन तथा त्यहाँका कार्यबारे जानकारी लिनुभएको छ ।

विभागको समग्र कार्यप्रणाली, राजस्व सङ्कलनको अवस्था तथा आगामी लक्ष्यबारे जानकारी लिँदै उहाँले कर्मचारीलाई इमानदारीपूर्वक राजस्व लक्ष्य प्राप्तिमा लाग्न निर्देशन दिनुभएको हो ।

मन्त्री डा वाग्लेले राजस्व सङ्कलनमा पारदर्शिता र उत्तरदायित्व कायम गर्न विशेष ध्यान दिनुपर्ने बताउँदै इमानदारीपूर्वक काम गर्ने कर्मचारीलाई मन्त्रालयले प्रोत्साहनका कार्यक्रम ल्याउने उल्लेख गर्नुभयो । “राजस्व सङ्कलनमा इमानदारी र प्रतिबद्धता देखिए मन्त्रालयले आवश्यक प्रोत्साहनको व्यवस्था गर्नसक्छ”, उहाँले भन्नुभयो ।

मन्त्री डा वाग्लेले राजस्व सङ्कलन वृद्धि गरी सरकारको बृहत् समृद्धिको लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिनुभयो । यस सन्दर्भमा प्रधानमन्त्री वालेन्द्र शाहको समेत विशेष चासो रहेको उल्लेख गर्दै उहाँले मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट समेत नियमित अनुगमन भइरहेको जानकारी दिनुभयो ।

त्यस अवसरमा मन्त्री वाग्लेले विभागअन्तर्गत रहेको भन्सार प्रयोगशालाको पनि निरीक्षण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

निरीक्षणका क्रममा प्रयोगशालाको क्षमता अभिवृद्धि र सेवा प्रभावकारिता बढाउने विषयमा आवश्यक निर्देशन दिनुभएको सचिवालयले जनाएको छ । रासस