३ असार २०८३, बुधबार
,
Latest
राष्ट्रिय सेवा दल तालिम शुभारम्भ गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै झलनाथले मागे प्रचण्ड र माधवको राजीनामा-पत्रसहित कुटनीतिक पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग ‘नागरिक चौतारी’: सरकारलाई सिधै सुझाव दिन मिल्ने डिजिटल प्लेटफर्म कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कनकासुन्दरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



अ+ अ-

जुम्ला। जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ स्थित हाँटसिजा स्वास्थ्य चौकीमा आज एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सो शिविरबाट ६२५ जना लाभान्वित भएका छन् । प्लान इन्टरनेशनल नेपाल, क्याड नेपाल जुम्ला र किर्डाक नेपाल जुम्लाको आर्थिक सहयोग र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्राविधिक सहयोग तथा कनकासुन्दरी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा शिविर सम्पन्न भएको हो ।

गाउँपालिकाभित्रका स्थानीयवासिले विभिन्न रोगको परीक्षण तथा उपचार गरेका छन् ।

शिविरमा नाक, कान, घाँटी, दाँत, स्त्रीरोगसम्बन्धी समस्या तथा बालबालिकाको स्वास्थ्य परीक्षण कर्णाली स्वास्थ्य विज्ञानका चिकित्सकबाट गरिएको गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक विरेन्द्र उपाध्यायले बताउनुभयो । रासस