३ असार २०८३, बुधबार
,
Latest
१०औं राष्ट्रिय महिला बास्केटबल : बुढानिलकण्ठ समूह चरणमा अपराजित विश्व हिन्दू महासंघ नेपालमा नयाँ कार्यसमिति विस्तार, अरुणकुमार पाण्डेद्वारा पदभार ग्रहण बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै राष्ट्रिय सेवा दल तालिम शुभारम्भ गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यमन्त्री मेहतासँग स्वास्थ्य बिमाबारे छलफल



नीशा मेहता/फाइल फोटो
अ+ अ-

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहतासँग स्वास्थ्य बिमा बोर्डका पदाधिकारीले आज छलफल गरेका छन् ।

मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री मेहताले छरिएर रहेका स्वास्थ्य सुरक्षा कार्यक्रम स्वास्थ्य बिमामार्फत एकद्वार प्रणालीमा सञ्चालन गर्र्ने गरी अघि बढाइने बताउनुभयो । उहाँले स्वास्थ्यका सामाजिक सुरक्षा कार्यक्रमलाई एक ठाउँमा ल्याउन सके वित्तीय अवस्था बलियो हुनेसमेत बताउनुभयो ।

छलफलमा मन्त्री मेहतासँग स्वास्थ्य बिमा कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने र यसका चुनौतीबारे छलफल गरिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्री मेहतालाई स्वास्थ्य बिमा बोर्डले हालसम्म भोग्नुपरेका चुनौती, भुक्तानी समस्याबारे पनि अगवत गराइएको छ ।

छलफलमा प्यूठानबाट निर्वाचित सांसद सुशान्त वैदिकले स्वास्थ्य बिमालाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा स्वास्थ्य सचिव डा विकास देवकोटा, बोर्डका कार्यकारी निर्देशक डा कृष्णप्रसाद पौडेलेको सहभागिता रहेको थियो । रासस