२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे



अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका नेता बद्रीप्रसाद पाण्डेले पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिचेको आरोप लगाउनुभएको छ ।

मंगलवार पूर्णबहादुर खड्का र शेखर कोईराला पक्षको केन्द्रिय समिति बैठकका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले यस विषयमा पार्टीले गम्भीर राजनीतिक समीक्षा गर्ने बताउनु भयो । राजनीतिक वृत्तका साथै कानूनी र मानवअधिकारवादी क्षेत्रबाट समेत यसमाथि प्रश्न उठेको उल्लेख गर्दै उहाँले पछिल्ला घटनाक्रमबारे अनौपचारिक भेलामार्फत छलफल र परामर्श अघि बढाइने जानकारी दिनुभयो ।

गत शनिवार जेन जी आन्दोलन दबाएको आरोपमा प्रहरीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकलाई ज्यान सम्बन्धी कसुरमा पक्राउ गरेको थियो ।

उहाँले भन्नुभयो, ‘पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा विधि र प्रक्रिया अवलम्वन नगरिएको भन्नेकुरामा राजनीतिक वृत्तमा मात्र नभई कानूनी र मानवअधिकारवादी क्षेत्रबाट समेत टिप्पणी आएको छ । यी विषयमा हामी समसामयिक राजनीतिक समीक्षा र छलफल गर्छौँ ।’

उहाँले पार्टीभित्रको आन्तरिक एकता र राष्ट्रिय राजनीतिका समसामयिक विषयमा छलफल गर्न काँग्रेस नेताहरूको अनौपचारिक भेला आयोजना गरिएको बताउनु भयो ।

पाण्डेले यस्ता अनौपचारिक छलफलहरूले नागरिक तहमा विश्वास जगाउने र देश निर्माणको बाटोमा सबैलाई गोलबन्द गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतिशोधको राजनीतिभन्दा पनि स्वस्थ प्रतिष्पर्धा, हार्दिकता र मेलमिलापको माध्यमबाट देशको रूपान्तरण र समृद्धिको बाटो पक्रिनुपर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल




भर्खरै