३ असार २०८३, बुधबार
,
Latest
१०औं राष्ट्रिय महिला बास्केटबल : बुढानिलकण्ठ समूह चरणमा अपराजित विश्व हिन्दू महासंघ नेपालमा नयाँ कार्यसमिति विस्तार, अरुणकुमार पाण्डेद्वारा पदभार ग्रहण बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै राष्ट्रिय सेवा दल तालिम शुभारम्भ गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

साइकलबाट लडेर एक जनाको मृत्यु



अ+ अ-

महोत्तरी। गौशाला–फुल्काहा सडकखण्डमा आज साइकलबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टका अनुसार गौशाला नगरपालिका–६ स्थित भित्री सडकखण्डमा फुल्काहाबाट गौशालातर्फ आउँदै गर्दा साइकलबाट लडेर ती पुरुषको मृत्यु भएको हो । उनको परिचय खुल्न नसकेको उहाँले बताउनुभयो ।

साइकलबाट लडेर घाइते भएका ती व्यक्तिलाई नगर अस्पताल गौशाला पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शव नगर अस्पताल गौशालामै राखिएको प्रहरीले जनाएको छ । रासस