३ असार २०८३, बुधबार
,
Latest
१०औं राष्ट्रिय महिला बास्केटबल : बुढानिलकण्ठ समूह चरणमा अपराजित विश्व हिन्दू महासंघ नेपालमा नयाँ कार्यसमिति विस्तार, अरुणकुमार पाण्डेद्वारा पदभार ग्रहण बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै राष्ट्रिय सेवा दल तालिम शुभारम्भ गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाइसको ठक्करबाट बालकको मृत्यु



अ+ अ-

बाँके। बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटेपरीमा हाइस गाडीको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । स्थानीय पाँच वर्षीय सुगन रानालाई गाडीले ठक्कर दिएपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दाङबाट नेपालगन्ज आउँदै गरेको भे१ज १५०५ नम्बरको इभी हाइसले बाटोमा हिँडिरहेका रानालाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।

दाङको लमही नगरपालिका–५ का अजय केसीले चलाएको उक्त हाइस बालकलाई ठक्कर दिएर भागेको थियो ।

भागेको सवारीलाई डुडुवा गाउँपालिकाको कम्दीमा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालकको मृत्यु भएपछि आक्रोशित स्थानीय र आफन्तले विरोध प्रदर्शन गर्दै नेपालगन्ज–अगैया हुलाकी सडक अवरुद्ध पारेका थिए ।

यसैबीच, यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई सेवाग्राहीबाट अतिरिक्त शुल्क लिएको भन्ने गुनासो आएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस