३ असार २०८३, बुधबार
,
Latest
१०औं राष्ट्रिय महिला बास्केटबल : बुढानिलकण्ठ समूह चरणमा अपराजित विश्व हिन्दू महासंघ नेपालमा नयाँ कार्यसमिति विस्तार, अरुणकुमार पाण्डेद्वारा पदभार ग्रहण बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै राष्ट्रिय सेवा दल तालिम शुभारम्भ गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हर्मुज पार गर्ने अधिकांश वस्तु इरानसँग सम्बन्धित



अ+ अ-

पेरिस। मध्यपूर्वमा युद्ध सुरु भएदेखि हर्मुज जलमार्ग पार गर्ने ६० प्रतिशत जहाजहरू इरानबाट आएका वा त्यहाँ जाँदै गरेका रहेको पाइएको एएफपीको समुद्री तथ्याङ्कको विश्लेषणले देखाएको छ ।

इरानले फेब्रुअरी २८ मा अमेरिका–इजरायल हमलाको बदलामा विश्वव्यापी इन्धन आपूर्ति बन्द गरेको छ, जसले विश्व ऊर्जा बजारलाई हलचल पारेको छ ।

मार्च १ देखि अप्रिल ३ को बिहानसम्म २२१ जहाजहरू इरान प्रवेश गर्न वा छोड्न हर्मुज जलमार्ग पार गरेका ‘ग्लोबल सामुद्रिक एनालिटिक्स फर्म केप्लर’ ले जनाएको छ ।

केहीले यसलाई धेरै पटक पार गरेका कारण जलमार्गको प्रयोग गर्ने जहाजको सङ्ख्या कुल २४० भन्दा बढी पुगेको छ ।

हर्मुजमा आवागमन भएका १० मध्ये छ वटा जहाज इरानबाट आउने वा जाने जहाजहरू रहेका थिए, कार्गो ढुवानी गर्ने जहाजहरूको जुन हिस्सा ६४ प्रतिशतसम्म पुग्छ ।

संयुक्त अरब इमिरेट्स (युएई) २० प्रतिशत, चीन १५ प्रतिशत, भारत १४ प्रतिशत, साउदी अरब आठ प्रतिशत, ओमान आठ प्रतिशत, ब्राजिल छ प्रतिशत र इराक पाँच प्रतिशत रहेका छन् भने विश्व अर्थतन्त्रमा उल्लेख्य भूमिका रहने मुख्य गन्तव्य र देश देशहरू यस तथ्याङ्कबाट धेरै पछाडि छन्।

यो अवघिमा कार्गो बोक्ने ११८ जहाजहरूमध्ये ३७ ले कुल ८.४५ मिलियन टन कच्चा तेल ओसारपसार गरेका थिए ।

३७ वटा तेल ट्यांकरमध्ये ३० वटा इरानबाट आएका थिए भने सबै खाडी छोड्दै थिए । धेरै जसोले यात्रा गरिरहेको गन्तव्य बताउन चाहेका थिएनन् ।

आफ्नो गन्तव्य रिपोर्ट गरेका र इरानी तेल बोकेका केही जहाजहरूमध्ये एउटा अपवाद बाहेक सबै चीनतर्फ जाँदै थिए।

कार्गो लिएर स्ट्रेट पार गरेका अन्य सात तेल ट्याङ्करहरू साउदी अरबबाट छुटेका थिए र उनीहरूमध्ये एक हङकङको ध्वजाबाहक जहाज न्यू भिजन मार्च १ मा छुटेको थियो र शनिबार फ्रान्सको बन्दरगाह ले हाब्रे आइपुग्ने अपेक्षा गरिएको छ ।  (रासस/एएफपी)