३ असार २०८३, बुधबार
,
Latest
१०औं राष्ट्रिय महिला बास्केटबल : बुढानिलकण्ठ समूह चरणमा अपराजित विश्व हिन्दू महासंघ नेपालमा नयाँ कार्यसमिति विस्तार, अरुणकुमार पाण्डेद्वारा पदभार ग्रहण बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै राष्ट्रिय सेवा दल तालिम शुभारम्भ गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

डडेल्धुरामा १२ वर्षपछि पुनः हाटबजार सञ्चालन



फाइल फोटो
अ+ अ-

डडेल्धुरा। जिल्ला सदरमुकाम डडेल्धुरामा १२ वर्षपछि पुनः हाटबजार सञ्चालनमा आएको छ ।

अमरगढी नगरपालिका–५ स्थित उद्योग वाणिज्य सङ्घको कार्यालय परिसरमा २०७० सालमा पहिलो पटक हाटबजार सञ्चालन गरिएको थियो । करिब दुई वर्षसम्म हाटबजार सञ्चालन गरिए पनि पछि बन्द भएको थियो ।

हाल बसर्पाक पछाडिको खुल्ला स्थानमा पुनः कृषि ज्ञान केन्द्र, अमरगढी नगरपालिका र डडेल्धुरा उद्योग वाणिज्य सङ्घको समन्वयमा हाटबजार सञ्चालनमा आएको हो ।

सङ्घका अध्यक्ष दिपक महताका अनुसार १२ वर्षअघि दुई वर्षसम्म सञ्चालनमा आएको हाटबजार व्यवस्थित गर्न नसक्दा बन्द भएको थियो । वर्षा हुँदा उक्त क्षेत्र हिलाम्य हुने गरेकै कारण हाटबजार बन्द हुन पुगेको हो ।

बजार नजिकै भए पनि करिब १०० मिटर सडक र हाटबजार स्थल पक्की बन्न नसक्दा हिलाम्मे हुने भएकै कारण बजार बन्द हुन पुगेको थियो । हाल भने पक्की सडक बाटो निर्माण भइरहेको छ र बजार व्यवस्थित पनि भइरहेको छ ।

कृषि उपजको सहज बिक्री–वितरण तथा स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले कृषि हाटबजार सञ्चालनमा ल्याइएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख नरेन्द्र पनेरुले जानकारी दिनुभयो ।

उहाँका अनुसार कृषि थोक तथा हाटबजार सञ्चालक समितिको आयोजनामा र कृषि क्षेत्रमा सरोकार राख्ने विभिन्न निकाय तथा उद्योग वाणिज्य सङ्घको समन्वयमा हाटबजार सञ्चालन गरिएको हो ।

कार्यालय प्रमुख पनेरुका अनुसार हाटबजारमा जिल्लाका कृषक तथा व्यापारीहरूले कृषि उपज, वनपैदावार, पशुजन्य वस्तु, घरेलु उत्पादन तथा हस्तकलाका सामग्रीहरू किनबेच गर्न सक्नेछन् ।

यसले स्थानीय उत्पादनलाई बजार उपलब्ध गराउनाका साथै उपभोक्तालाई ताजा तथा स्थानीय सामग्री सहज रूपमा प्राप्त हुने अपेक्षा गरिएको छ ।  रासस