८ असार २०८३, सोमबार
,
Latest
बागलुङकाे तमानखोला गाउँपालिकामा बाझो जमिनमा स्याउखेती इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति काभ्रेपलाञ्चोकमा दुई टिपरमा च्यापिएर युवकको मृत्यु नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने ५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द कालीकोटकाे रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस रणनीतिक कमजोरी नसुध्रिँदा एफएटीएफको ग्रे लिस्टबाट बाहिरिन सकेन नेपाल सुनचाँदीको मूल्यमा वृद्धि, साेमबार कतिमा हुँदैछ कारोबार ? प्रतिनिधि नामावली सच्याउन ढिलाइ हुँदा रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन सुरू, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाड पर्वले बृहत् राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ: राष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा मनाइने विभिन्न धार्मिक तथा सांस्कृतिक चाडपर्वले सबै नेपालीमा आपसी सद्भाव सहिष्णुता र एकताको भावनालाई सवल बनाउँदै बृहत् राष्ट्रिय एकतालाई सुदृढ बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । 

येशु ख्रीष्टको जन्मदिन (ख्रीष्टमस) को अवसरमा राष्ट्रिय ख्रीष्टियन महासङ्घद्वारा आज राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विविधताबीच एकता र सद्भावको गौरवपूर्ण परम्परालाई हामीले अक्षुण राख्नुपर्नेमा जोड दिनुभयो । 

 उहाँले सांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण मुलुकको विविधता कमजोरी नभई शक्ति भएको र यही नै मुलुकको मौलिक राष्ट्रिय पहिचान भएको उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो, “हामीले आफ्नो हातलाई आफूलाई मनलागे जति फैलाउन स्वतन्त्र छौँ, तर त्यसले अरुको नाकमा ठेस पुग्नुहुँदैन भन्ने कुरा पनि सबैले विचार गर्नुपर्दछ, यसले नै आपसमा सद्भाव र सहिष्णुतालाई कायम गर्दछ ।”

आ-आफ्ना फरक आस्था र विश्वास बोकेका भए पनि हामी सबै नेपाली भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले फरक आस्थाको कारणबाट देशप्रतिको माया र नागरिकको दायित्व बोधमा कुनै तलमाथि हुन नसक्ने बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाको माध्यमबाट यस समुदायले मुलुकको विकासमा गरेको योगदानप्रति धन्यवाद दिनुभयो ।

आआफ्नो आस्था विश्वास कायम राख्दै आमनागरिकको पहिचानलाई माथि उठाउन सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ अग्रसर हुनुपर्नेमा उहाँको जोड थियो । राष्ट्रपति भण्डारीले फरक आस्था र विश्वास बोकेका नागरिकप्रति राज्यका तर्फबाट समभाव र समव्यवहार हुनुपर्ने बताउनुभयो । उहाँले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई पूरा हुने गरी प्रगति पथमा अघि बढ्नुपर्दछ भन्नुभयो ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले धर्मनिरपेक्षता मुलुक नेपालमा सामाजिक र धार्मिक सद्भाव कायम राख्दै समृद्ध देश बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकको विकासमा लाग्नसमेत सबैलाई अनुरोध गर्नुभयो ।