१२ असार २०८३, शुक्रबार
,
Latest
दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

६० हजार घुस लिने सई पक्राउ



अ+ अ-

बारा । ६० हजार घुस लिने प्रहरी नायब निरीक्षक पक्राउ परेका छन् । बाराको प्रहरी चौकी गञ्जभवानीपुरमा कार्यरत प्रहरी नायब निरीक्षक जटाशंकरप्रसाद कलवार पक्राउ परेका हुन्।

भारतबाट मालसामान ल्याउन सहज गराई दिने भन्दै सई कलवारले सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको हो।

अनुसन्धानको सिलसिलामा आरोपित कलवारले सेवाग्राहीले खरीद गरेका खाद्यान्‍न सामानहरु बिक्री वितरण गर्दा दुख हैरानी नदिने तथा सहजता गरिदिने नाममा घुस लिएको पुष्टि भएको आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले मंगलबार विज्ञप्ती निकालेर जानकारी दिए।

कलवारलाई भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी लिई मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।