२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा कञ्चनपुरमा विष्ट



अ+ अ-

महेन्द्रनगर, २५ जेठः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुरको सभापतिमा पदमबहादुुर विष्ट निर्वाचित हुनुभएको छ ।

आइतबार राति सम्पन्न निर्वाचनबाट विष्टको सभापतित्वमा नयाँ कार्य समिति चयन भएको रास्वपा कञ्चनपुरले जनाएको छ । राति सम्पन्न मत गणनाअनुसार सभापति पदमा विष्टले १९७ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी नवीनबहादुर चन्दले ६१ मत प्राप्त गरेका छन् । यसअघि पनि विष्ट नै कञ्चनपुरको सभापति थिए । उपसभापतिमा भागरथी बडाल निर्विरोध निर्वाचित हुनभएको छ ।

त्यसैगरी सचिवमा राकेशबहादुर चन्दले रामदत्त भट्टलाई पराजित गरेका छन् । सचिवमा चन्दले १९५ र भट्टले ५५ मत प्राप्त गरेका छन् । जिल्ला सभापति र सचिव पदका लागि भएको निर्वाचनमा कूल २५९ मत खसेको थियो । सहसचिव पदमा यज्ञराज जोशी निर्विरोध चयन भएका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ को सभापति पदमा पनि निर्वाचन भएको थियो । जसमा अम्बादत्त जोशी १२६ मत प्राप्त गर्दै विजयी भएका छन् । उहाँका प्रतिस्पर्धी कर्णबहादुर चन्दले ७२ मत प्राप्त गरेका थिए ।

सचिव राकेशबहादुर चन्दले नेतृत्वले पार्टी सङ्गठनलाई थप सुदृढ बनाउँदै जिल्लामा रास्वपाको गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढाइने बताउनुभयो । सहमतिका माध्यमबाट नेतृत्व चयन हुन नसकेपछि निर्वाचन भएको थियो ।

चितवनमा खनाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनको सभापतिमा इन्जिनियर मिनीमाधव खनाल निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न प्रथम जिल्ला अधिवेशनले खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

राति अबेर सम्पन्न मत गणना अनुसार खनाल दुई सय २२ मतसहित विजयी हुनुभएको हो । प्रतिस्पर्धी कृष्णप्रसाद भुसालले एक सय ११ मत प्राप्त गर्नुभयो भने अर्का प्रत्याशी प्रकाश आचार्यले २२ मत प्राप्त गर्नुभएको थियो । भुसाल निवर्तमान जिल्ला सभापति हुनुहुन्छ ।

यसैगरी, उपसभापति पदमा निर्मला गिरी एक सय ९० मतसहित निर्वाचित हुनुभयो भने प्रतिस्पर्धी टीकादत्त इटनीले ८४ मत प्राप्त गर्नुभयो ।

सचिव पदमा तेजेन्द्रप्रसाद पौडेल एक सय ९४ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी नेत्र लामिछानेले एक सय ४५ मत प्राप्त गर्नुभयो । सहसचिवमा कुशल पाठक एक सय ८७ मतका साथ विजयी हुनुभयो भने प्रतिस्पर्धी पार्वती पाण्डेले ६९ मत प्राप्त गर्नुभएको थियो । रासस