२७ जेष्ठ २०८३, बुधबार
,
Latest
विगतका सरकारको कमजोरी देखाएर वर्तमान त्रुटिको बचाउ गर्न मिल्दैन : एमाले सांसद कँडेल अझै सुरु भएन प्रतिनिधिसभा बैठक नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल दल त्याग गरेपछि एमालेका ८ जना वडा अध्यक्षको पद रिक्त ‘जान्नेलाई छान्ने’ नाराको वास्तविकता उजागर हुँदै गएको महासचिव पाेखरेलकाे दाबी अर्थमन्त्री वाग्लेमाथि उठेका आरोप संसद वा स्वतन्त्र समितिबाट छानबिन हुनुपर्छ : रामकुमारी झाँक्री फिलिपिन्समा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो, १७ अझै बेपत्ता अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला चितवनका किसानले पाएनन् चैते धानको न्यूनतम समर्थन मूल्य बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिजिओमा फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण: मोबाइल पास मात्र ५४९ रुपैयाँमा



अ+ अ-

काठमाडौ । नेपालको अग्रणी डिजिटल स्ट्रिमिङ प्लेटफर्म ‘डि.जि.ओ.मा (डिसहोम डिजिटल प्राइभेट लिमिटेड) ले फुटबल प्रेमीहरूका लागि फिफा विश्वकप २०२६ को विशेष अफर सार्वजनिक गरेको छ ।

विश्वकै सर्वाधिक प्रतीक्षित यस खेलकुद प्रतियोगितालाई सहज र किफायती बनाउन कम्पनीले मात्र ५४९ रुपैयाँमा ‘मोबाइल–ओन्ली’ पास बजारमा ल्याएको हो । यस अफर अन्तर्गत दर्शकहरूले कुनै पनि झन्झट बिना सिधै डिजिओ एप मार्फत मोबाइल पास खरिद गरेर विश्वकपका सबै १०४ वटा खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् ।

मोबाइल पासका सजिलो खरिद प्रक्रिया रहेको बताइएको छ , दर्शकहरूले डिजिओ एप खोलेर केही क्लिकमै आफ्नो मोबाइल पास सजिलै सक्रिय गर्न सक्नेछन् । यसमा खेलको रोमाञ्चक पल आफ्नै राष्ट्रिय भाषा नेपालीमा सुन्न पाइने बताइएको छ । साथै, दर्शकले आफ्नो आवश्यकता अनुसार नेपाली वा अंग्रेजी कमेन्टरी रोज्न सक्ने ‘डुअल कमेन्टरी’ को विकल्प समेत उपलब्ध हुनेट ।

विश्वकपका सबै खेलहरू १०८० को उत्कृष्ट भिडियो गुणस्तरमा प्रत्यक्ष प्रसारण हुने बताइएको छ । मात्र ५४९ रुपैयाँमा प्रतियोगिताका सबै १०४ खेलहरू निरन्तर हेर्न सकिने जारी विज्ञप्तीमा उल्लेख छ ।

डिजिओका प्रवक्ताका अनुसार, ‘नेपाली दर्शकहरूलाई खेलको अनुभवमा कुनै सम्झौता नहोस् भन्ने हाम्रो चाहना हो । डिजिओ एपमार्फत सिधै पास खरिद गर्ने सुविधाले अब फ्यानहरूले कुनै पनि तेस्रो पक्ष वा शंकास्पद लिङ्कहरूको पछि नलागी सुरक्षित र आधिकारिक रूपमा विश्वकपको आनन्द लिन सक्नुहुनेछ ।’ जारी विज्ञप्तीमा भनिएको छ ।

हाल इन्टरनेट र सामाजिक सञ्जालमा देखिने ‘फ्री स्ट्रिमिङ’ वा शंकास्पद एपका विज्ञापनहरूबाट बच्न डिजिओले सम्पूर्ण दर्शकहरूलाई आग्रह गरेको छ । यस्ता अनधिकृत माध्यमहरूले व्यक्तिगत जानकारी र बैंकिङ विवरणहरू चोरी हुने जोखिम निम्त्याउन सक्ने भएकाले, नेपालको आधिकारिक स्ट्रिमिङ पार्टनर डिजिओमाको एप प्रयोग गरी ढुक्कसँग विश्वकपको मजा लिन कम्पनीले अनुरोध गरेको छ ।