२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता बालेन्द्र प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्य पूर्वमा बढ्दो सङ्कटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह



अ+ अ-

काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बारम्बारको आक्रमणले युद्धविरामलाई खतरामा पारेको भन्दै मध्य पूर्व क्षेत्रमा स्थायी शान्ति कायम गर्नका लागि कूटनीति उपाय अपनाउन सम्बन्धित पक्षलाई आह्वान गर्नु भएको छ ।

सामाजिक सञ्जाल एक्समा महासचिव गुटेरेसले मध्यपूर्व लामो युद्धका कारण गहिरो सङ्कटमा तानिएको उल्लखे गर्दै यसको प्रभाव उक्त क्षेत्र भन्दा बाहिरसम्म पनि पुगेकोसमेत जनाउनु भएको छ । पछिल्लो समयमा बढेको आक्रमणले र अवस्था थप बिग्रन लागेको उहाँले बताउनु भएको छ , जहाँ युद्धविरामको समयमा पनि गोलावारी जारी छ ।

उहाँले कुनै पनि पक्ष आक्रमक नबनी थप जोखिमलाई कम गर्नु पर्ने बताउनु भएको छ । सबै पक्षले कूटनीतिक समाधानका लागि भुमिका खेल्नु पर्ने बताउदै उहाँले अब कुनै पनि बहानामा आक्रमण गर्न नहुने बताउनुभएको छ । मध्यपूर्व र खाडी क्षेत्रमा द्रुत गतिमा विकसित भइरहेको द्धन्दरथ अवस्थाको बीचमा, कुवेत, जोर्डन र बहराइनका हवाई रक्षा प्रणालीले हवाई लक्ष्यहरू रोक्ने चेतावनी जारी गरेका छन् ।

अमेरिकी आक्रमणको प्रतिक्रियामा इरानी अधिकारीहरूले स्ट्रेट अफ होर्मुज बन्द गर्ने घोषणा गरे पछि द्धन्दका प्रमुख घटनाक्रमहरू अगाडी बढेको जनाइएको छ । इरानको आइआरजिसीलाई उद्धृत गर्दै अल जजिराले अमेरिकी आक्रमणको प्रतिक्रियाका लागि कुवेतको अली अल–सलेम र अहमद अल–जाबेर र बहराइनको शेख इसा एयर बेससहित १८ वटा अमेरिकी सैन्य क्षेत्रहरुलाई लक्षित गरिएको बताएको छ ।

तनाव बढ्दै जाँदा, आईआरजिसीका कमान्डर जनरल सैयद माजिद मौसवीले अमेरिकालाई चेतावनी दिदै यदि अमेरिकाले स्ट्रेट अफ होर्मुजको सुरक्षामा धम्की जारी राख्यो भने यस क्षेत्रलाई रणभुमिमा परिणत गर्ने बताएको प्रेस टिभीले रिपोर्ट गरेको छ ।