३ असार २०८३, बुधबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन वैदेशिक रोजगार सुधारसँगै आन्तरिक रोजगारी विस्तारमा सरकारको ध्यान सञ्चार क्षेत्रको सुधार र पूर्वाधार विस्तारमा सरकारको सक्रियता, ७७ वटै सदरमुकाममा एफटीटीएच सेवा साना किसान र युवा स्वरोजगार प्राथमिकतामा रहेको मन्त्री चौधरीको भनाइ जनार्दनको प्रश्न: ‘नेपालमा वास्तविक कम्युनिस्ट पार्टी छ ?’ प्रेस स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण दूरसञ्चार विस्तार सरकारको प्राथमिकतामा छ : सञ्चारमन्त्री डा तिमिल्सिना नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित राहदानी छपाइ अनियमितता प्रकरणमा थप दुई पक्राउ रसायनिक मलको परनिर्भरता कम गर्दै लगिनेछः मन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाका ४ सांसदको समिति हेरफेर



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत चार वटा संसदीय समितिमा चार जना सांसदहरूको जिम्मेवारी हेरफेर गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरूको समिति परिवर्तनलाई आज बसेको प्रतिनिधिसभा बैठकले सहमति प्रदान गरेको हो।

हेरफेरअनुसार सांसदहरू राम लामा, बोधनारायण श्रेष्ठ, मनिष झा र बुद्धरत्न महर्जनको समिति परिवर्तन गरिएको छ।

यसअनुसार राम लामा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिबाट पूर्वाधार समितिमा स्थानान्तरण भएका छन् भने बोधनारायण श्रेष्ठ पूर्वाधार समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा गएका छन्।

त्यस्तै मनिष झा उपभोक्ता हित संरक्षण समितिबाट सार्वजनिक लेखा समितिमा सरुवा भएका छन्। अर्का सांसद बुद्धरत्न महर्जन सार्वजनिक लेखा समितिबाट उपभोक्ता हित संरक्षण समितिमा स्थानान्तरण भएका छन्।




भर्खरै