१ असार २०८३, सोमबार
,
Latest
सम्झौताका बाबजुद पनि अमेरिकाप्रति ‘गहिरो अविश्वास’ कायमैः इरान मगर समुदायको भूमे पर्व शुरु कोशी प्रदेशको बजेट बढ्यो, ४० अर्ब ४४ करोड विनियोजन रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन



अ+ अ-

काठमाडौं । विश्व शान्ति, करुणा र सहअस्तित्वको सन्देश फैलाउने उद्देश्यसहित विश्वव्यापी तीर्थयात्रा तथा शान्ति पदयात्रामा रहनुभएका श्रद्धेय भिक्षु पन्नाकर र उहाँको भिक्षुसंघ प्रतिनिधिमण्डलले आज अपराह्न पवित्र स्वयम्भू महाचैत्यको दर्शन गर्नुभएको छ।

उहाँहरूको यस पवित्र भ्रमणका क्रममा अन्तर्राष्ट्रिय रूपमा पीस डगका नामले परिचित तथा सबैको माया पाएका आलोकाको समेत विशेष उपस्थिति रहेको थियो। शान्ति, मैत्री र समस्त प्राणीप्रति करुणाको प्रतीकका रूपमा चिनिने आलोका पनि यस आध्यात्मिक यात्राको महत्वपूर्ण अंग बनेका छन्।

स्वयम्भू महाचैत्यमा उपस्थित भई श्रद्धेय भिक्षु पन्नाकर र उहाँको प्रतिनिधिमण्डलले भगवान बुद्धका शान्ति, करुणा र अहिंसाका शिक्षालाई आत्मसात् गर्दै विश्वभर सद्भाव, सहिष्णुता र विश्वशान्तिको सन्देश प्रवाह गरिरहेको उल्लेख गरिएको छ।

उहाँहरूको यस आगमनले स्वयम्भू महाचैत्यको आध्यात्मिक गरिमा अझ उजागर गर्नुका साथै विश्व शान्तिका लागि जारी महान अभियानप्रति सम्मान प्रकट भएको बताइएको छ।

भ्रमणका अवसरमा श्रद्धेय भिक्षु पन्नाकर, भिक्षुसंघ प्रतिनिधिमण्डल तथा पीस डग आलोकालाई स्वयम्भू महाचैत्य परिसरमा हार्दिक स्वागत तथा शुभकामना व्यक्त गरिएको थियो।