१ असार २०८३, सोमबार
,
Latest
सम्झौताका बाबजुद पनि अमेरिकाप्रति ‘गहिरो अविश्वास’ कायमैः इरान मगर समुदायको भूमे पर्व शुरु कोशी प्रदेशको बजेट बढ्यो, ४० अर्ब ४४ करोड विनियोजन रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति



अ+ अ-

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारका पछिल्ला गतिविधि, मन्त्रीहरूका अभिव्यक्ति र कार्यशैलीप्रति आपत्ति जनाउनुभएको छ ।

सोमवार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले सरकारले विधिको शासन र मानवीयतालाई उपेक्षा गरेको आरोप लगाउनुभएको हो ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सडक निर्माण नगर्ने व्यवसायीको खुट्टा भाँचिदिने भनी दिनुभएको अभिव्यक्तिको सन्दर्भमा बोल्दै दुलालले सो कुरा गैरकानूनी र अशोभनीय भएको बताउनु भयो ।

प्रधानमन्त्रीले सामाजिक सञ्जालमा दुई जना मन्त्रीसहितको फोटो सार्वजनिक गर्दै देश बनाउने टोली भनी उल्लेख गरेको विषयमा टिप्पणी गर्दै दुलालले देश तीन जनाले मात्र नभई समग्र मन्त्रिपरिषद्को नेतृत्वमा बन्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले यस्ता गम्भीर विषयलाई ठट्टाको रूपमा लिनु उपयुक्त नभएको जिकिर गर्नुभयो ।

अर्थमन्त्रीको विषयमा बोल्दै प्रमुख सचेतक दुलालले बजेट निर्माणमा करका दरहरू हेरफेर भएको कुरा अर्थमन्त्रीले घुमाउरो पाराले स्वीकार गरिसकेको दाबी गर्नुभयो । उहाँले यसअघि साना कुरामा पनि संसदीय छानबिनको माग गर्नेहरू अहिले गम्भीर विषयमा छानबिन गर्न डराएको भन्दै आलोचना गर्नुभयो ।

यसैगरी, सीमा क्षेत्रमा भइरहेका समस्या र सुस्ता लगायतका क्षेत्रमा नागरिकले भोग्नुपरेको पीडाप्रति सरकार संवेदनशील हुनुपर्ने उहाँको भनाइ थियो । प्रधानमन्त्रीका कतिपय हलुका अभिव्यक्तिले सीमा क्षेत्रका नागरिकमा आक्रोश पैदा गरेको र यसले दीर्घकालीन असर पार्ने उहाँले उल्लेख गर्नुभयो । संसदीय अभ्यासका सम्बन्धमा चर्चा गर्दै दुलालले सत्ता पक्षले प्रतिपक्षका जायज मागलाई पनि सम्बोधन नगर्ने गलत परम्परा बसेको बताउनु भयो ।