३ असार २०८३, बुधबार
,
Latest
१०औं राष्ट्रिय महिला बास्केटबल : बुढानिलकण्ठ समूह चरणमा अपराजित विश्व हिन्दू महासंघ नेपालमा नयाँ कार्यसमिति विस्तार, अरुणकुमार पाण्डेद्वारा पदभार ग्रहण बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै राष्ट्रिय सेवा दल तालिम शुभारम्भ गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले सीमबारे राष्ट्रघाती अभिव्यक्ति दिनु भयो, आम जनतासँग माफी माग्नु पर्दछः एमाले सांसद राना



अ+ अ-

काठमाडाैँ । प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद कृपाराम रानाले प्रधानमन्त्री बालेन्द्र साहले सीमाबारे संसदमा राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै आम जनतासँग माफी माग्नुपर्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले उक्त माग गर्नुभएको हो । सांसद रानाले प्रधानमन्त्रीको नेपालले पनि भारतको सीमा मिचेको छ भनि दिएको अभिव्यक्तिले आफूलाई लज्जाबोध भईरहेको पनि बताउनु भयो । उहाँले प्रधानमन्त्री साहले उक्त अभिव्यक्तिबारे संसदको रेकर्डबाट नहटाएसम्म आफूहरुको विरोध जारी रहने बताउनु भयो ।

सांसद रानाले भन्नुभयो,‘यो भूमि नेपाली पुर्खाहरुले आर्जन गरेको भूमि हो । यसलाई सानोतिनो हिसावले नसम्झियोस । राष्ट्रियताप्रति हामी सबैको प्रेम छ, निष्ठा छ । समर्पण छ । यो भावना नै राष्ट्रिय भावना हो । आज यो भावनाको खिलापमा प्रधानमन्त्रीले भद्धा मजाकका साथ नेपालको भारतको भूमि मिचेको छ भनेर अभिव्यक्ति दिनु हुन्छ । लाज लागि रहेको छ । मैले आग्रह गर्न चाहँे– यो देशलाई हाम्रो राष्ट्रियतालाई कमजोर गर्ने राष्ट्रघाती अभिव्यक्ति सम्माननीय प्रधानमन्त्रीबाट अभिव्यक्त भएको छ । यो रेकर्डबाट हटाउन माग गर्दछु । र, जनतासँग माफी माग्न हार्दिक आग्रह गर्न चाहेँ ।’

सांसद रानाले अमरसिंह थापा, बलभद्र कुँवर जस्ता वीर पुर्खाहरुले आर्जेको मुलुकमाथि धावा बोल्दै अधिकार कसैलाई पनि नभएको बताउनु भयो ।