९ असार २०८३, मंगलवार
,
Latest
रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा



अ+ अ-

काठमाडाैँ । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इलेक्ट्रो टेक प्राइभेट लिमिटेडले ललितपुरको जावलाखेलमा जर्मन प्रविधिका प्रसिद्ध घरायसी सामग्री (होम एप्लायन्सेस) को नयाँ ‘बोस ब्राण्ड स्टोर’ सञ्चालनमा ल्याएको छ ।

एक विशेष समारोहका बीच उक्त स्टोरको औपचारिक उद्घाटन गरिएको हो । बिएसएच होम एप्लायन्सेस इण्डियाका प्रवन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत सेफ खानले उक्त स्टोरको समुद्घाटन गर्नुभयो ।

लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठकाअनुसार ग्राहकहरूलाई जर्मन प्रविधिको उच्च गुणस्तर र नवीनताको प्रत्यक्ष अनुभव प्रदान गर्ने उद्देश्यले यो अत्याधुनिक स्टोर डिजाइन गरिएको हो ।

जावलाखेलस्थित अल्का अस्पतालको विपरित दिशामा सञ्चालनमा ल्याइएको यस स्टोरमा ग्राहकहरूले बोस ब्राण्डका विभिन्न अत्याधुनिक घरायसी उपकरणहरूको अवलोकन तथा खरिद गर्न सक्नेछन् । यस नयाँ स्टोरमार्फत नेपाली ग्राहकहरूलाई विश्वस्तरीय प्रविधि र उत्कृष्ट सेवा पु¥याउने लक्ष्य लिइएको कम्पनीले जनाएको छ ।