११ असार २०८३, बिहीबार
,
Latest
फिफाद्वारा एन्फा निलम्बनः सरकारी हस्तक्षेप मुख्य कारण भएको प्रवक्ता साहको आरोप भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति लागूऔषध कारोबारमा संलग्न पक्राउ रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण



अ+ अ-

काठमाडौं । नेपाल र भारतका प्रतिस्पर्धी क्रिकेट टोलीहरूको सहभागिता रहने केपीएल कप अन्तर्राष्ट्रिय आमन्त्रण क्रिकेट प्रतियोगिता–२०२६ को प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडी मार्फत हुने भएको छ। प्रतियोगिता असार १२ गतेदेखि असार २३ गते २०८३ (जुन २६ देखि जुलाई ७, २०२६) सम्म सञ्चालन हुनेछ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित डा. खलिल आजाद क्रिकेट रंगशालामा आयोजना हुने यस अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा नेपाल र भारतका प्रतिष्ठित क्लब तथा क्रिकेट एकेडेमी टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता ट्वान्टी–२० ढाँचा मा सञ्चालन गरिनेछ।

प्रतियोगितामा इटहरी सुपर किंग्स, छिन्नमस्ता लायन्स, मिल्स क्रिकेट क्लब एन्ड एकेडेमी, एचपीसीए पटना (भारत), केसीसी (भारत) तथा आरएमएल स्पोर्ट्स एकेडेमी (भारत) लगायतका टोलीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

सार्वजनिक खेल तालिकाअनुसार समूह चरणका खेलहरू जुन २६ देखि जुलाई ३ सम्म सञ्चालन हुनेछन्। जुलाई ४ मा पहिलो छनोट खेल र बाहिरिने खेल, जुलाई ५ मा दोस्रो छनोट खेल, जुलाई ६ मा विश्राम दिन तथा जुलाई ७ मा उपाधि भिडन्त हुनेछ।

नेपाल–भारत क्रिकेट सम्बन्धलाई थप मजबुत बनाउनुका साथै स्थानीय तथा क्षेत्रीय स्तरका प्रतिभाशाली खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ।

एक्सन स्पोर्ट्स एचडीले प्रतियोगिताका सबै महत्वपूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ। प्रतियोगिताले नेपाली क्रिकेटको विकास, अन्तर्राष्ट्रिय पहुँच विस्तार तथा खेल पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।