काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा पाराग्वेले जर्मनी हराएको छ ।
फिफा विश्वकप-२०२६ फुटबल प्रतियोगिता अन्तर्गत राउण्ड अफ ३२ को खेलमा पाराग्वेले सडन डेथमा जर्मनीलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ।
अमेरिकाको बोस्टन स्टेडियममा आज भएको खेलमा पाराग्वेले जर्मनीलाई पेनाल्टीसुटआउटमा ४-३ गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो ।
तस्बिरः फिफा












