१० असार २०८३, बुधबार
,
Latest
रास्वपा महाधिवेशन: तातेको निर्वाचन माहोल- फोटो फिचर छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने असहायको उद्धारमा झापाकाे मानवसेवाश्रम सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद साह त्रिभुवन विमानस्थलबाट पक्राउ



अ+ अ-

काठमाडौं । जनकपुरस्थित विमानस्थलको बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको अभियोगमा राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोद कुमार साह पक्राउ गरेका छन् ।

सांसद साहले सोमवार जनकपुर विमानस्थलमा तोडफोड गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय धुनषामा उजुरी परेसँगै उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले काठमाडौंबाट ओखलढुंगा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

सर्लाहीबाट निर्वाचित सांसद साहले सोमबार काठमाडौं आउने क्रममा जहाज उडाउन ढिला गरेको भन्दै सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तथा भीआईपी क्षेत्रमा समेत तोडफोड गरेका थिए।