१० असार २०८३, बुधबार
,
Latest
रास्वपा महाधिवेशन: तातेको निर्वाचन माहोल- फोटो फिचर छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने असहायको उद्धारमा झापाकाे मानवसेवाश्रम सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैकल्पिक सडक अनुगमन



अ+ अ-

भक्तपुर । मध्यपुरथिमि अस्पतालबाट खरिबोट हुँदै सूर्यविनायक नगरपालिका–५ दधिकोट गाम्चा जाने वैकल्पिक सडक निर्माण भएको छ । मध्यपुरथिमि नगरपालिका र दधिकोट जोड्ने हनुमन्ते खोलामा पुल निर्माण भएसँगै शुरु गरिएको उक्त सडकमा कालोपत्र गरिएको थियो ।सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतको पहलमा निर्माण भएको उक्त सडकको उनीसहितको टोलीले अनुगमनसमेत गरेको थियो ।

सङ्घीय सरकारको रु एक करोड र उपत्यका विकास प्राधिकरणको रु ५७ लाख गरी कूल रु एक करोड ५७ लाखको लागतमा उक्त सडक निर्माण गरिएको सांसद बस्नेतले जानकारी दिए ।सडकको दायाँबायाँ फुटपाथसहितको ११ मिटर चौडाइ तथा करीब ४०० मिटर लम्बाइ रहेको उक्त सडक निर्माणसँगै अब मध्यपुरथिमि शङ्खधरचोकबाट दधिकोट जान सहज भएको छ । थिमि–शङ्खधर चोकबाट दधिकोट जाँदा हरेक दिन सवारी साधान जाम हुने र केही महीनाअघि नयाँ पुल निर्माण गर्ने क्रममा अवरुद्ध सडकले यहाँका बासिन्दाले सास्ती पाए पनि अब भने यो वैकल्पिक सडकका कारण यात्रामा सहज भएको छ ।

मध्यपुर अस्पताल हुँदै दधिकोट हर्षचोक जोडिने उक्त सडकले थिमिबाट दधिकोट जाने दूरीसमेत घटाएको छ भने दशैँमा समेत ठेकेदारलाई काम गर्न लगाएर समयमै यो सडक निर्माण गरिएको र अब दुबैतर्फको फुटपाथ पनि अब छिट्टै निर्माण गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको बताइएको थियो आइतबार उक्त सडक कालोपत्र भएसँगै त्यसको गुणस्तरसमेत परीक्षण गरी सांसद बस्नेतको नेतृत्वमा नेकपा जिल्ला अध्यक्ष बचन देउजा, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीसमेतको टोलीले सो सडक अनुगमन गरेको थियो ।