१० असार २०८३, बुधबार
,
Latest
रास्वपा महाधिवेशन: तातेको निर्वाचन माहोल- फोटो फिचर छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने असहायको उद्धारमा झापाकाे मानवसेवाश्रम सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेसास राम लामा विशिष्ट प्रतिभा पुरस्कार प्राडा लुइँटेललाई



अ+ अ-

काठमाडौँ । यस वर्षको अन्तरराष्ट्रिय नेपाली साहित्य समाज राम लामा ‘अविनाशी’ विशिष्ट प्रतिभा पुरस्कार त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइँटेललाई प्रदान गरिने भएको छ । तीन सदस्यीय पुरस्कार छनोट समितिको केही दिनअगाडि अमेरिकामा बसेको बैठकले साहित्यकार प्रा डा लुइँटेललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कारको राशि दुई हजार ५०० अमेरिकी डलर छ ।

अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले नेपाली भाषा, साहित्यको विकास र अन्तरराष्ट्रियकरणका साथै अनेसासको वृहत्तर विकासमा विशिष्ट योगदान गरेका व्यक्तिलाई हरेक दुई वर्षमा उक्त पुरस्कार दिँदै आएको छ ।नेपाली भाषा साहित्यको विकासमा अनवरत रुपमा लागेर आप्रवासमा नेपाली भाषा, साहित्यको विस्तार, संवद्र्धन र संरक्षणमा दिएको योगदान र नेपाली भाषाको अन्तर्राष्ट्रियकरणमा गरेको भूमिकाका आधारमा यस्तो निर्णय गरिएको उक्त समितिले जनाएको छ ।

अमेरिकाको क्यालफोर्निया निवासी लामाले स्थापना गर्नुभएको सो पुरस्कार यसअघि सन् २०१७ मा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई प्रदान गरिएको थियो । आगामी नोबेम्बर १० मा अमेरिकाको वासिङ्टन डिसीमा आयोजित समारोहमा उक्त पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।