१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार दुई तिहाइ बहुमतको आडमा मनपरी ढंगले अघि बढ्न खोज्यो, खबरदारी गर्नुपर्छः युवराज ज्ञवाली



अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले)का पूर्वउपाध्यक्ष युवराज ज्ञवालीले बालेन्द्र साह नेतृत्वको सरकार दुई तिहाइ बहुमतको आडमा मनपरी ढंगले अघि बढ्न खोजेको आरोप लगाउँदै यसका विरुद्ध खबरदारी आवश्यक रहेको बताउनुभएको छ ।

बुधवार पूर्वसांसद मञ्च, नेपालको ६६ औँ वार्षिक साधारणसभामा सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारको कार्यशैली र गतिविधिले संविधान र लोकतान्त्रिक व्यवस्था संकटमा पर्नसक्ने देखिएको टिप्पणी गर्नुभयो ।

उहाँले सत्तारुढ दलले संघीयता खारेज गर्ने दस्तावेज पारित गरेको भन्दै सरकारको नियत संविधान नै समाप्त पार्ने हो कि भन्ने आशंका बलियो हुँदै गएको बताउनु भयो । उहाँले प्रधानमन्त्री र सरकारले आफूखुशी निर्णय गर्न पाउने सोच विकास हुनु लोकतन्त्रका लागि अत्यन्त खतरनाक चेतावनी समेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको सरकारले जुन दुई तिहाईको नाउमा मनपरी गर्न खोजिरहेको छ त्यसको खबरदारी गर्नुपर्ने यो संस्थाको महत्वपूर्ण दायित्व हो । त्यसो भएको हुनाले कुन, कुन विषय हामी उठाउने ? कुन कुरामा हामीले खबरदारी गर्नुपर्ने हो त्यो विषयमा हामी बेला मौकामा भेटेर छलफल गरौँ । अहिले हामी संघीयता खारेज गर्ने कुरा सुनिरहेका छौँ । सरकारले यस्तै गरेर जाने हो भने यो संविधानलाई नै समाप्त पार्न खोजिएको हो कि भन्ने आशंका बढिरहेको छ । अनि सरकार र प्रधानमन्त्रीले मनपरी गर्न पाउने भन्ने जुन कन्सेप्ट उहाँहरुमा विकास भइरहेको छ त्यो अत्यन्त खतरनाक छ । कतै निर्वाचित तानाशाहको उदय त हुने होइन ? यो प्रश्न उठिरहेको छ । म त्यसो भन्न खोजिरहेको छैन । तर स्थिति त्यतातिर जान खोजिरहेको आभास धेरैले गरिरहनुभएको छ ।’

नेता ज्ञवालीले मुलुक निर्वाचित तानाशाहीतर्फ उन्मुख हुन सक्ने प्रश्न उठ्न थालेको भन्दै त्यसप्रति सबै लोकतान्त्रिक शक्तिहरू सचेत हुनुपर्नेमा धारण राख्नुभयो ।




भर्खरै