१० असार २०८३, बुधबार
,
Latest
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न रास्वपा महाधिवेशन: तातेको निर्वाचन माहोल- फोटो फिचर छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शोकमा राजविराज नगरपालिका बन्द



अ+ अ-

राजविराज । राजविराज नगरपालिका–१२ का वडासदस्य शिवनारायण यादव (शिवु(को निधनप्रति शोक व्यक्त गर्दै आज राजविराज नगरपालिकाद्वारा कामकाज बन्द गरी शोक मनाउने निर्णय गरिएको छ । राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले एक विज्ञप्ति जारी गर्दै वडासदस्य यादवको असमायिक निधनले नगरपालिकालाई पुगेको क्षतिप्रति सम्पूर्ण नगरकार्यपालिका स्तब्ध भएको जनाइएको छ ।

वडासदस्य यादवको निधनप्रति शोक जनाउन आज राजविराज नगरपालिका कार्यालय तथा त्यस मातहतका सम्पूर्ण विषयगत कार्यालय एक दिनका लागि बिदा दिने निर्णय गरिएको नगरपालिका प्रमुख यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राजविराज नगरपालिका–१२ का वडासदस्य ६५ वर्षीय यादव (शिवु) को शुक्रबार निधन भएको थियो । यादव लामो समयदेखि बिरामी थिए । स्थानीय निकायको निर्वाचनमा राजपा नेपालबाट उहाँ वडासदस्य पदमा निर्वाचित भएका थिए ।