१० असार २०८३, बुधबार
,
Latest
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न रास्वपा महाधिवेशन: तातेको निर्वाचन माहोल- फोटो फिचर छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टरपोलको ८८ औँ महासभाका लागी प्रहरी महानिरीक्षक खनाल चिली प्रस्थान



अ+ अ-

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गरेका छन् । चिलीको सान्टियागोमा असोज २८ देखि कात्तिक १ सम्म सञ्चालन हुने महासभामा भाग लिन आइतबार राति उनी त्यसतर्फ प्रस्थान गर्नुरेका हुन् ।

महानिरीक्षक खनालसँग केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही र इन्टरपोल शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी पनि त्यसतर्फ प्रस्थान गरेका छन्ु । १९४ इन्टरपोल सदस्य राष्ट्रका प्रमुखको भेटमा विश्वको अपराध र सुरक्षा निकायले चाल्नुपर्ने कदमसम्बन्धी १९ बुँदामा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

महानिरीक्षक खनाल चिली प्रस्थान गरेसँगै प्रहरी अतिरिक्त महानिरीक्षक पुस्कर कार्कीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी समाल्नेछन्।