१९ असार २०८३, शुक्रबार
,
Latest
थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा पाल्पाबाट दालचिनी भारत निर्यात डेरी क्षेत्रका लागि पाँचवर्षीय रणनीति बनाउने नेपाल डेरी एसोसिएसनको निर्णय ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी, मंसिरसम्मको बक्यौता फरफारक सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने कुनै पनि टिम सुरक्षित नरहेको विश्वकप सरकारले सय दिनमा जनताले महशुस हुनेगरी काम गर्न सकेनः अध्यक्ष राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज २५ अर्बको ऋणपत्र जारी हुँदै



अ+ अ-

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज रु २५ अर्ब बराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज सूचना जारी गर्दै अनलाइन बोलकबोल प्रणालीमार्फत आज दिउँसो ३ः०० बजेसम्म बोलकबोल गरी ऋणपत्र जारी गरिने जनाएको हो ।

बोलकबोलबाट निर्धारण हुने ब्याजदरका आधारमा ऋणपत्र निष्कासन गरिने छ । सूचनाअनुसार ऋणपत्रको अवधि एक वर्ष रहनेछ भने साँवा २०८४ असार १९ गते भुक्तानी गरिने छ । ब्याज भने अर्धवार्षिक रूपमा भुक्तानी हुने छ । राष्ट्र बैंकका अनुसार न्यूनतम रु पाँच करोड र त्यसपछि रु पाँच करोडका दरले भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने छ ।

उक्त ऋणपत्र राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउने छन् ।

बोलकबोलबाट स्वीकृत ब्याजदरका आधारमा ऋणपत्र बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ । स्वीकृत ऋणपत्र लगानी पोर्टफोलियोमा समावेश हुनेछ। यसलाई अनिवार्य नगद मौज्दात (सिआरआर) मा गणना गर्न नमिल्ने भए पनि वैधानिक तरलता अनुपात (एसएलआर) र खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न सकिने व्यवस्था गरिएको छ ।