२५ असार २०८३, बिहीबार
,
Latest
टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा सरकारले १० हजार पार्किङ जरिवाना तिराएको तनावले युवाद्वारा आत्मदाह प्रयास स्थानीय तह गैरदलीय बनाउने तथा प्रदेश सभा खारेज गर्ने विषयलाई संविधान संशोधनको बहस बनाउन मिल्दैनः… देशले गर्व गर्ने क्रिकेट खेल्छौँः नेपाली यु–१९ महिला टोली प्रतिनिधि सभामा सम्पती शुद्धीकरण र सार्वजनिक खरिद लगायतका चार विधेयक टेवल सरकारले साँच्चिकै संविधान संशोधन गर्न खोजेको भए संविधानका आधारभुत मूल्य–मान्यतामा प्रवेश नगर्ने निर्णय क्याबिनेटबाट गरोस्ः… पार्टी एकताका लागि महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको हुँ, मन्त्री पदसँग कुनै सम्झौता भएको छैनः कविन्द्र… पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने आलेमगर पक्राउ राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक १९ अङ्कले घट्यो



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ६७ अङ्कले ओरालो लागेर दुई हजार ६०१ दशमलव ९२ को विन्दुमा पुगेको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ४९ अङ्कले ओरालो लागेर चार सय ५४ दशमलव १९ मा पुगेको छ ।

त्यस्तै फ्लोट सूचक एक दशमलव २१ अङ्कले घटेर एक सय ७८ दशमलव ६८ मा पुगेको छ । साथै सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव ९२ अङ्कले घटेर एक सय ५३ दशमलव ६७ मा पुगेको छ । आज विभिन्न कम्पनीका ८७ लाख ५१ हजार ३८० कित्ता शेयर रु चार अर्ब ६१ करोड १९ लाख ५४ हजार ७८२ मूल्यमा खरिद बिक्री भएको छ ।

आज १३ वटै उपसमूह घटेका छन् । आज ४२ कम्पनीको शेयर मूल्य बढ्यो भने दुई सय २९ कम्पनीको शेयर घटेको छ । नेप्सेका अनुसार उपकार लघुवित्त वित्तीय संस्था, स्नो रिभर लिमिटेड र कुमारी सबल योजनाका लगानीकर्ताले आज कमाएका छन् भने विओके डिबेञ्चर, सल्पा विकास बैंक, थ्रिस्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।




भर्खरै