२६ असार २०८३, शुक्रबार
,
Latest
गणेश नेपालीको आत्मदाह प्रकरण : अनुसन्धानका लागि तीन नगर प्रहरी नियन्त्रणमा राज्य नागरिकसंग सहकार्य होईन प्रतिद्वन्द्विता बढाउने बाटोमा छ: ओमप्रकाश अर्याल प्रधानमन्त्रीलाई महासंघको सुझाव ‘सरकारको भूमिका नियामक भन्दा सहजीकरणकर्ता र समन्वयकर्ताको हुनुपर्छ ’ उपकरण हस्तान्तरण गर्न भरतपुर अस्पतालको आह्वान एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ सार्वजनिक लेखा समितिद्वारा बेरुजु छलफलका लागि पाँच उपसमिति गठन, रास्वपाले तीन वटा राख्दा बाँकी दुईमा… बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण माकलबारीमा अक्सिजन ग्यास सिलिन्डर विस्फोट हुँदा पैदलयात्रीको मृत्यु आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान



अ+ अ-

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले रु ६० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज सूचना जारी गर्दै १९ दिनको निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम सङ्कलन गर्न बोलकबोल आह्वान गरिएको जनाएको छ ।

बोलकबोल आज दिउँसो ३ः०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस) मार्फत हुनेछ । सूचनाअनुसार निक्षेप सङ्कलन उपकरण आजै निष्कासन गरिनेछ भने यसको साँवा तथा ब्याज आगामी असोज २३ गते भुक्तानी गरिनेछ ।

ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । बोलकबोलमा न्यूनतम रु १० करोड र अधिकतम रु पाँच करोड दरले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिने छ । निक्षेप सङ्कलन उपकरणमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।