२६ असार २०८३, शुक्रबार
,
Latest
गणेश नेपाली प्रकरण: राज्य र चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण: गगन थापा गणेश नेपालीको घटनापछि सभापति थापाको आग्रह: दोषारोपण होइन, सामूहिक आत्मचिन्तन गरौँ बीमा, ओभरलोड र जरिवाना नीतिमा सुधार गर्न सरकारलाई ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सुझाव गणेश नेपालीको आत्महत्या राष्ट्रिय लज्जाको विषय: कुलमान घिसिङ गणेश नेपालीको आत्मदाह प्रकरण : अनुसन्धानका लागि तीन नगर प्रहरी नियन्त्रणमा राज्य नागरिकसंग सहकार्य होईन प्रतिद्वन्द्विता बढाउने बाटोमा छ: ओमप्रकाश अर्याल प्रधानमन्त्रीलाई महासंघको सुझाव ‘सरकारको भूमिका नियामक भन्दा सहजीकरणकर्ता र समन्वयकर्ताको हुनुपर्छ ’ उपकरण हस्तान्तरण गर्न भरतपुर अस्पतालको आह्वान एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा बालबालिकालाई लगाइयो दादुराविरुद्धको खोप



अ+ अ-

काठमाडाैँ । बागलुङको ढोरपाटन क्षेत्रमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणमा आएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयले प्रभावित क्षेत्रसहित आसपासका पालिकाका बालबालिकालाई दादुराविरुद्धको खोप लगापछि नियन्त्रणमा आएको हो । गत फागुन दोस्रो साता ढोरपाटन नगरपालिका ७, ८ र ९ मा सङ्क्रमण फैलिएको थियो ।

यसका लागि जनस्वास्थ्य कार्यालयले पहिलो चरणमा ढोरपाटन र त्यसपछि आसपासका पालिकामा खोप अभियान चलाएको थियो । पहिलो चरणमा ढोरपाटनका छ हजार ७५ जनलाई खोप लगाइएको थियो भने दोस्रो चरणमा निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका र गलकोट नगरपालिकाका २६ हजार ३४७ बालबालिकामा खोप लगाइएको हो । पाँच पालिकाका ३२ हजार बालबालिकालाई दादुराविरुद्धको खोप दिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले जानकारी दिनुभयो ।

सङ्क्रमित बालबालिकाको समयमै उपचार, आइसोलेसन सेन्टर व्यवस्थापन गरेर काम गरेको हुँदा समयमै नियन्त्रणमा आएको उहाँको भनाइ छ । जिल्लाका अन्य पालिकाका बालबालिकालाई आगामी वर्ष खोप लगाउने योजना बनाएको प्रमुख शर्मा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षमा हाम्रा लागि ठूलो चुनौती ढोरपाटनमा देखिएको दादुरा सङ्क्रमण नियन्त्रणमा लिनु थियो, ढोरपाटन नगरपालिका, विश्व स्वास्थ्य सङ्गठन र प्रदेश जनस्वास्थ्य कार्यालयको ठूलो प्रयासपछि अहिले नियन्त्रणमा आएको छ, हामी सफल भएका छौँ, हाम्रो कार्यालयको ठूलो उपलब्धि दादुरा नियन्त्रणमा ल्याउनु थियो ।”

ढोरपाटनमा सङ्क्रमण स्वास्थ्यकर्मी घरघरमा पुगेर बालबालिकाको उपचार गरेका थिए । एक महिनासम्म फैलिएको सङ्क्रमणबाट ढोरपाटनका २४४ बालबालिका दादुरा सङ्क्रमित भएका थिए । दादुरा ढोरपाटनमा फैलिए पनि जिल्लाका अन्य स्थानमा पनि सोही प्रकृतिको लक्षणसहितका बिरामी छिटफुट देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले बताउनुभयो । खोप लगाइसकेका बालबालिकामा सङ्क्रमण भए पनि खतरा जोखिमपूर्ण नहुने उहाँको भनाइ छ ।




भर्खरै