२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहलीले तोडे एकै खेलमा रोहितका दुई किर्तिमान



अ+ अ-

काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टी–२० खेलमा एकै पटक दुईवटा किर्तिमान तोडेका छन् । विराटको किर्तिमान सहकर्मी तथा उपकप्तान रोहित शर्माका थिए ।

खेलमा कोहलीले नटआउट रहँदै ७२ रन बनाएपछि भारतले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

योसँगै कोहलीले टी–२० अन्तर्राष्ट्रिय खेलहरुमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शर्मालाई उछिनेका छन् । खेलको शुरुवातमा कोहलीले ६५ इनिङमा २,३६९ रन बनाएका थिए भने कोहलीले ८८ इनिङमा २,४२२ रन बनाएका थिए ।

बुधबारको खेलमा शर्मा मात्र १२ रन बनाएर आउट भए भने कोहली नटआउट रहँदै रोहितलाई ७ रनले उछिने । ६६ इनिङपछि कोहलीको अब २,४४१ रन भएको छ भने ८९ इनिङबाट रोहितको २४३४ रन रहेको छ ।

कोहलीले खेलमा आफ्नो २२ औँ अर्धशतक पनि पुरा गरे । योसँगै उनले शर्माले बनाएको २१ औँ अर्धशतकको किर्तिमान भंग गरे ।

बुधबार कोहलीले मात्र ५२ बलमा चार चौका र तीन छक्का हिर्काएका थिए । योसँगै कोहली क्रिकेटका तीनवटै फर्म्याटमा ५० भन्दा बढी औसत भएको एक्ला खेलाडी बनेका छन् । कोहलीको टेस्टमा ५३.१४, एकदिवसीयमा ६०.३१ र टी–२० मा ५०.८५ को औसत रहेको छ ।

गत वर्ष पनि उनको तीनवटै फर्म्याटमा ५०भन्दा बढीको औसत रहेको थियो ।