२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग: चेल्सी पहिलो खेलमै पराजित



अ+ अ-

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा लण्डन क्लब चेल्सी नयाँ सिजनको पहिलो खेलमै पराजित भएको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सी १–० गोल अन्तरले स्पेनिस क्लब भ्यालेन्सियासंग पराजित भएको हो ।

७४ औ मिनेटमा समुह एचको खेलमा पाहुना टोली भ्यालेन्सियालाई जिताउन रोड्रिगोले गोल गरेका थिए । चेल्सीले फर्ममा रहेका खेलाडी मेसन माउन्टलाई चोटका कारण सुरुवातमै गुमाउन पुगेको थियो ।

पेनाल्टीमार्फत खेलमा फर्कने अवसर लण्डन क्लबले खेल सकिन चार मिनेट अगाडी पाएको थियो । तर वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका बार्कलीले गोल गर्न सकेनन् ।