२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

एएफसी फुटबल : नेपालले कुवेतसँग खेल्ने



अ+ अ-

काठमाडौं । जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटअन्तर्गत नेपालले कुवेतसँग खेल्ने भएको छ । जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपालले आज राति कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।

साफ यू–१५ च्याम्पियनसिपमा उपविजेता बनेर फर्केको नेपाली फुटबल टोली दुई सातापछि जोर्डन पुगेको हो । नेपाली टोलीले शुरुआतमा कमजोर खेल प्रदर्शन गरेको थियो । भदौ २८ गते पहिलो खेलमा नेपाल आयोजक जोर्डनसँग ७-० गोलले पराजित भएको थियो । कुवेतले पहिलो खेलमा श्रीलङ्कालाई २-० गोलले हराएको थियो ।

सन् २०२० मा आयोजना हुने एएफसी यू–१६ च्याम्पियनसिपअन्तर्गत नेपाल समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा आयोजक जोर्डनसहित कुवेत, ताजकिस्तान र श्रीलङ्का छन् । प्रतियोगितामा तीन अङ्कसहित जोर्डन शीर्ष स्थानमा छ । समान तीन अङ्कसहित कुवेत गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । अङ्कबिहिन ताजकिस्तान, श्रीलङ्का र नेपाल क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् । प्रतियोगिताको शीर्ष स्थान हासिल गर्ने टोली दोस्रो चरणका लागि छनोट हुनेछ । विभिन्न समूहमा विभाजित उक्त छनोट खेलमा ४८ राष्ट्र सहभागी छन् ।