२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुट्खा उद्योगद्वारा साढे ७ करोड कर छली



अ+ अ-

काठमाडौं । विनाअन्तःशुल्कका वस्तु बिक्री गरी एक गुट्खा उद्योगले साढे सात करोड कर छली गरेको छ । राजस्व अनुसन्धान विभागले कर छली गर्ने बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१ स्थित नेपाल पान मसला उद्योगका प्रोपाइटर कुतबुद्दिन सेखविरुद्ध सात करोड ५२ लाख रुपैयाँ बिगो दाबी गर्दै बाँके जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

उत्पादित गुट्खामा स्टिकर नलगाई बिक्री गरेर उद्योगले अन्तःशुल्कसहित मूल्य अभिवृद्धि कर ९भ्याट० र आयकरसमेत छली गरेको सोमबार विभागले दायर गरेको मुद्दामा उल्लेख छ । उद्योग विभागले दिएको अनुमतिभन्दा बढी परिमाणमा कच्चा पदार्थ तथा प्याकेजिङ सामग्रीको खपत गरी धेरै गुट्खा उत्पादन गरेकोसमेत विभागले जनाएको छ ।

यसलाई मिलाउन सञ्चालक सेखले त्रुटिपूर्ण तरिकाले उद्योगको हिसाबकिताब र लेखा प्रणालीको व्यवस्थापन गरेका थिए । यस्तो काम राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, २०५२ प्रतिकूल भएको विभागको भनाइ छ ।

उद्योगले आर्थिक वर्ष ०७३/७४ देखि ०७५/७६ सम्मको खरिद, बिक्री तथा उत्पादन खाता, अन्तःशुल्क स्टिकर, बैंक स्टेटमेन्ट, विद्युत् खपतको विवरण र उद्योग विभागबाट कच्चा पदार्थ तथा प्याकेजिङ सामग्री खपतको प्रयोग अनुपात आदिको अनुसन्धान गरी विभागले छानबिन गरेको थियो ।

तीन आर्थिक वर्षमा गरेर उद्योगले ६ करोड ६ लाख अन्तःशुल्क छली गरेको विभागले जनाएको छ । सोही अवधिमा उद्योगले ८८ लाख ५३ हजार भ्याट र ६० लाख ४७ हजार आयकर छली गरेको विभागले अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।

करिब ६ महिनाअघि विभागले बुटवलबाट विनास्टिकरका १० बोरा गट्खा बरामद गरेको थियो । त्यसैका आधारमा कर छलीको आशंकामा अनुसन्धान अघि बढाएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए । प्रतिवादीसँगको बयान, कारोबार, चुहावट भएको राजस्व, बरामद भएको स्टिकर नलगाएको गुट्खा आदिको छानबिन भएको थियो ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।