९ असार २०८३, मंगलवार
,
Latest
सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यु- १९ एसिया कप: नेपालद्वारा युएई पराजित



अ+ अ-

काठमाडौं । श्रीलंकामा जारी एसीसी यु- १९ एसिया कप क्रिकेटको तेस्रो खेलमा नेपालले युएईलाई १ सय ६० रनको विशाल अन्तरले पराजित गरेको छ । नेपालले जीतका लागि २ सय ८६ रनको लक्ष्य प्रस्तुत गरेकोमा युएईले ३४.४ ओभरमा १२५ रनमा अलआउट हुनपुग्यो ।

युएईलाई सस्तोमा समेट्ने क्रममा सागर ढकालले तीन तथा रसिद खान, सूर्य तमाङ र पवन शर्राफले २–२ विकेट लिएका थिए । युएईका लागि वृतिया अरविन्द रुद्रावेलले सर्वाधिक २८ रनको योगदान दिएका थिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ८५ रन बनाएको थियो । कप्तान रोहित कुमार पौडेलले नेपालका लागि सर्वाधिक ६७ रनको योगदान दिएका थिए ।