९ असार २०८३, मंगलवार
,
Latest
सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकको रकम हिनामिना गरेको आरोपमा थप दुई पक्राउ



अ+ अ-

घोराही । नाराणपुरस्थित देवः विकास बैंकको झन्डै रु १८ करोड रकम हिनामिना गरेको आशङ्कामा जिल्ला प्रहरीले थप दुई जना कर्मचारीलाई आज पक्राउ गरेको छ । बैंकको रकम हिनामिनामा मुछिएको पाइएपछि बैंकका दुई जना कर्मचारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले बताए ।

पक्राउ परेका कर्मचारीको परिचय भने खुलाइएको छैन । प्रहरीले बैंकको रकम हिनामिना गरेको आरोपमा प्रहरीले यसअघि नै बैंकका प्रबन्धक समी बुढाथोकीसहित १२ जनालाई पक्राउ गरेको थियो ।

तीमध्ये चार जना छुटिसकेका छन् भने अरु प्रहरीकै हिरासतमै छन् । अहिले बैंकको नारायणपुर शाखाको सम्पूर्ण कारोवार बन्द रहेको छ ।