९ असार २०८३, मंगलवार
,
Latest
सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वसभासद् राईको निधनमा शोक प्रस्ताव पारित



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले पूर्वसभासद् छियामा राईको निधनमा शोक प्रस्ताव पारित गरेको छ । विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट समानुपातिक सदस्यका रुपमा निर्वाचित राईको ७७ वर्षका उमेरमा यही भदौ १० गते निधन भएको थियो ।

राईको निधनमा सभामुख कृष्णबहादुर महराले बैठकमा शोक प्रस्ताव प्रस्तुत गरेका थिए ।मस्तिष्काघातको उपचारका क्रममा पूर्वसभासद् राईको सुमेरु अस्पतालमा निधन भएको हो । उनको निधनमा बैठकले शोक प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ ।

साथै बैठकले पूर्वसभासद् राईको परिवारजनप्रति समवेदनासमेत प्रकट गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २५ गते अपराह्न १ बजे बस्ने छ ।