९ असार २०८३, मंगलवार
,
Latest
गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति सेनेगललाई पराजित गर्दै नर्वे विश्वकपको नकआउट चरणमा एम्बाप्पेको दुई गोलमा फ्रान्स नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

असोज अन्तिम साता देखी वुमेन्स च्याम्पियन्स लिग



अ+ अ-

काठमाडौं । वुमेन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टी–२० क्रिकेट प्रतियोगिता आगामी असोज २९ देखि हुने भएको छ । आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालीले डब्लुसिएलमा कार्तिक ७ गतेसम्म कीर्तिपुरस्थित टियू मैदानमा संचालन गर्ने नयाँ मिति घोषणा गरेको हो।

प्रालिले दशैं र तिहारको बीचमा प्रतियोगिता गर्न लागेको हो। प्रतियोगिताका लागि पाँच टिमले ड्राफ्टमार्फत खेलाडी भित्र्याइसकेका छन्। ड्राफ्टमार्फत प्रत्येक टिमले ११/११ खेलाडी आफ्नो टिममा भित्र्याएका थिए ।

यस्तै १/१ जना खेलाडी मार्कीको रुपमा टिममा आबद्ध छन् । अब २ जना खेलाडी वाइल्ड कार्ड इन्ट्रीमार्फत भित्र्याइ प्रत्येक टिममा १४/१४ खेलाडी बनायैने छ । प्रतियोगितामा पाँच शहरका पाँच टिमले प्रतिस्पर्धा गर्दैछन् ।

पाँच टिम र मार्की खेलाडी
१. चितवन राइनोज – मिंग्मा डण्डु शेर्पा (स्वामित्व), इन्दु बर्मा (मार्की खेलाडी)
२. क्यापिटल्स रोयल्स काठमाडौं – दीपा अग्रवाल (स्वामित्व), रुबिना क्षेत्री (मार्की खेलाडी)
३. पोखरा पल्टन – बिनायक पोखरेल (स्वामित्व), सीता रानामगर (मार्की खेलाडी)
४. ललितपुर फाल्कोन्स – श्रीजना जोशी (स्वामित्व), नेरी थापा (मार्की खेलाडी)
५. विराटनगर टाइटन्स – पारस लुनिया (स्वामित्व), सरिता मगर (मार्की खेलाडी)