९ असार २०८३, मंगलवार
,
Latest
रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेङ्गु नियन्त्रणको लागी सबै लागेर लार्भा नष्ट गर्न स्वास्थ्य मन्त्रीको उर्दी



अ+ अ-

सुनसरी । डेङ्गुको प्रकोप देश भर फैलन थाले पछि यसको नियन्त्रणको लागि सरकार लागिरहेको उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बताएका छन् ।

धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको २६ औ बार्षिक उत्सव समारोहलाई संवोधन गर्दै उपप्रधामन्त्री यादवले सरकार डेङ्गु नियन्त्रणको लागी अभियान नै सञ्चालन गरेको बताए । उनले यसको नियन्त्रणको लागी सरकारले सर्च एण्ड डिस्ट्रोए अभियानलाई तिव्रता दिएको समेत बताएका हुन् ।

उनले डेङ्गु रोगीको सहजरुपमा उपचार भइरहेको बताउँदै डेङ्गु नियन्त्रणको लागी सरकारले एक्लैले सम्भव नभएको बताउदै सबै लागेर लार्भा नष्ट गर्न लागि पर्नेमा जोड दिए ।

डेङ्गुको कारण ४ जनाका मृत्यु भइसकेको छ भने २६ सयभन्दा बढी बिरामी बनेका छन् । एडिज एजिप्टाई तथा एडिज अल्बो पिक्टस नामक पोथी लामखुट्टेले मानिसलाई टोकेपछी डेंगु रोगको सक्रमण देखा पर्छ ।