२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान्सर अस्पताल भवन पूरा गर्न ९ महिना म्याद



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले त्रिवि शिक्षण अस्पताल महाराजगन्ज हाताभित्र निर्माणाधीन सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पतालको काम सक्न ९ महिनाको मौका दिने र त्यो अवधिमा नसकिए निर्माण कम्पनीलाई कालोसूचीमा राख्नुपर्ने ठहर गरेको छ ।

अस्पतालको स्थलगत अध्ययन गर्न गठित कार्यदलले प्रतिवेदन सार्वजनिक गर्दै कम्पनीलाई कालोसूचीमा राख्न निर्देशन दिनुपर्ने सुझाव दिएको हो ।

तीन वर्षमा बनाइसक्नुपर्ने गरी सम्झौता भएको क्यान्सर अस्पताल भवन आठ वर्षमा पनि पूरा नभएपछि समितिले सांसद अञ्जना विशुंखेको संयोजकत्वमा भदौ ४ गते तीन सदस्यीय कार्यदल बनाएको थियो । समिति सदस्यमा सरिता न्यौपाने र एकवाल मियाँ थिए । ‘द्रूत काम गर्ने हो भने ९ महिना थप्न सकिन्छ, त्यसभित्र पनि नसके कालोसूचीमा राख्नुपर्छ’, विशुंखेले भनिन्, ‘६५ देखि ७० प्रतिशत काम सकिएको छ, अब एकपटक म्याद थपेर काम पूरा गराउन सकिन्छ ।’

अस्पतालको ७ तले भवनको काम अलपत्र छाडिएको भन्दै उनले आफ्नो समितिले शिक्षा मन्त्रालयलाई तत्काल पूरा गरी सञ्चालन गर्न निर्देशन दिने बताइन् । ‘सरकारीस्तरमा राजधानीमा बन्न लागेको क्यान्सर उपचारको सबैभन्दा ठूलो अस्पताल यही हो तर शिक्षण अस्पतालको व्यवस्थापन र आईओएम डिन कार्यालयको हेलचेक्र्याइँले अहिलेसम्म बन्न सकेन,’ उनले भनिन्, ‘निर्माण किन पूरा भएन र अब कसरी बनाउने भन्ने अध्ययन गरेर यो निष्कर्ष निकालेको हौं ।’

अन्तिमपटक तेस्रो भेरिएसन गरी स्वीकृति भएको मितिले ९ महिनामा भवन हन्तान्तरण नभए कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुपर्ने कार्यदलको सुझाव छ । समिति सभापति जयपुरी घर्तीले बुधबार प्रतिवेदन बुझ्दै यसमा सरकारी निकायको लापरबाही भएकाले अब ती निकायलाई छिटो बनाउन निर्देशन दिने बताइन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बहुवर्षीय परियोजनाअन्तर्गत उक्त अस्पताल भवन बनाउन ०६८ मंसिर २८ गते शिक्षण अस्पताल र गौरा कन्स्ट्रक्सन प्रालिरएटलस इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन कम्पनीबीच सम्झौता भएको थियो ।

तीन वर्षमा बनाउने गरी सम्झौता भएअनुसार ०७१ मंसिर २७ गते भवन निर्माण सम्पन्न हुने अन्तिम मिति थियो । पहिलो, दोस्रो र तेस्रोपटक निर्माण कम्पनीलाई म्याद थप गर्दा पनि भवन पूरा नभएपछि समितिले अध्ययनका लागि कार्यदल गठन गरेको थियो । तेस्रोपटक थपेको म्याद ०७४ फागुन ११ गते सकिएको छ ।

कार्यदलको प्रतिवेदनअनुसार अस्पताल निर्माण पूर्वाधार समितिको सिफारिस र सहरी विकास तथा भवन निर्माण विभागको रायबमोजिम ०७४ फागुन ११ गतेदेखि ०७५ जेठ २० गतेसम्म चौथोपटक म्याद थपका लागि सिफारिस भएको थियो ।

५५ करोड ५१ लाख २८ हजार रुपैयाँमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको भवनको लागत रकम ६१ करोड २१ लाख ८७ हजार रुपैयाँ पुर्‍याइसकिएको छ । भवन निर्माणको म्याद थप गर्दै भेरिएसनका नाममा ५ करोड ७० लाख रुपैयाँ वृद्धि गरिएको हो ।
शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्काले गौरा कन्स्ट्रक्सनका प्रोपाइटर सूर्यप्रसाद अधिकारीले निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएकाले म्याद थप र भेरिएसन स्वीकृत गरिदिन कार्यदललाई भदौ १७ गते पत्र लेखेका थिए ।

त्यसको अघिल्लो दिन अधिकारीले शिक्षण अस्पताललाई पत्र लेखी अब एकल रूपमा आफूले निर्माणको जिम्मा लिएर काम गर्ने बताएका थिए ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।